Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचार'बाल अधिकार र सहभागिताको आवश्यकता'

‘बाल अधिकार र सहभागिताको आवश्यकता’

अर्जुन प्रधान

बालबालिकाको सहभागिताबाट शिविरमा हिंसारहित समाज निमार्ण गरि बालबालिकाको अधिकार सुनिच्चित गर्ने भुमिका खेल्दै आएको भूटानी शरणार्थी बाल मञ्चले केन्द्रिय समितीको निवार्चन शनिबार बेल्डागीमा सम्पन्न गरेको छ ।

पाँच ठाँउको ६ शरणार्थी शिविरबाट प्रत्यक्ष मतदानबाट छनौट भएर आएका १ सय ३२ उम्मेदवारमध्ये १४ जनाको केन्द्रिय समिति चयन भएको छ । १८ बर्षसम्मका बालबालिकाको हक अधिकारलाई सुनिच्चित गर्नका लागि संयोजकमा बेलडागीका रोज मिथाल तामाङ्ग अनि शनिश्चरेकी सुस्मा राई केन्द्रिय समितीमा चयन भएको बाल मञ्चले जनाएको छ ।

समितिको सचिव र कोषाधक्क्ष पदमा एक महिला एक पुरुष लगायत ७ सदस्य अप्रत्यक्ष प्रणालीबाट निर्वाचित भएका छन् ।

यसैबीच, केन्द्रिय बालमञ्च समितीले बालबालिकाको हितमा जिम्मेवारी काम गरि बालबालिको उदाहरणीय ब्यक्तिको रुपमा रहेका समाज सेवी शिविर सचिब डिवी सुब्बा, भुतपुर्व केन्द्रिय समितीका बलराम काफ्ले, जानुका शंखर स्वायम्सेवक विर्ख श्रेत्री, बी.वी राई लगायत बालबालिकाको आवाजलाई सञ्चार जगतमा प्रसार–प्रचार गरि हिंसारहित समाजमा महत्वपुर्ण भुमिका खेली दिनुहुने स्थानीया पत्रकार डिकेश लामालाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरी सम्मान गरिएको काय्र्रक्रमका सभापति तथा मञ्चका निवर्तमान संयोजक सुनिता गुरुङ्गले बताइन् ।

पुर्नवाशले गर्दा शिविरमा हरेका बालबालिकाहरुमा पनि आमूल परिवर्तन त ल्याएको छ तर उनीहरूको अधिकारको पक्षमा भने खासै फरक परेको छैन । सबै आफ्ना साथीभाइहरु विभिन्न देशमा पुर्नवाश भइसकेपछि शिविरमा बाल सहभागिताको क्रम घढ्दो छ भन्छन् धेरै शरणार्थी जनप्रतिनिधिहरू ।

निवार्चन कार्यक्रममा मञ्चका संयोजक चन्द्र गुरुङ्ग तथा संकाटाभिमुखी बालबालिका रेखदेख समितिका संयोजक तिलु भुजेल लगायतको पनि उपस्थित थियो । कार्यक्रमका प्रमुख अतिथि शिविर सचिब डिवी सुब्बा भन्छन्, “बाल नेतृत्व भनेकै समाज परिवर्तनको नौलो दिशा निमार्ण गनु हो त्यसैले जोखिम स्थितिमा रहेको बालबालिकालाई सम्मान गरि शिपमुलक शिप दिलाइ हिंसमुक्त समाज निमार्णमा हामी सबैको हात रहनेछ ।”

मञ्चले बाल अधिकार र बाल सहभागितको आवश्यता महशुस गरे देखिनै अपाङ्गता, असहाय, जोखिम तथा संकाटाभिमुख बालबालिकाको हितमा विभिन्न शिपमुलक कार्यक्रम संचालन गदैआएको संयोजक चन्द्र गुरुङ्गले कार्यक्रमा बताउनु भयो । बालबालिकाको हितमा घरदेश तथा परदेशमा पुर्नवाश हुनुभएका भुटानी दाजुभाईमा गुरुङ्गले सहयोगको आग्रह गनुभएको छ ।