Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीबामाको पहिलो सम्मेलन एट्लान्टामा हुँदै

बामाको पहिलो सम्मेलन एट्लान्टामा हुँदै

न्यु ह्याम्सर । भूट्निज अमेरिकन म्युजिक एशोसियसन (बामा) को पहिलो सम्मेलन जर्जिया राज्यको एट्लान्टामा मे २६- २७ (शनिबार-आइतबार), २०१८ मा हुन लागेको छ । सम्मेलन स्थल ५१३५ ममोरियल ड्राइभ, स्टोन माउन्टेन, जर्जिया ३००८३ (5135 Memorial Dr., Stone Mountain, GA 30083) हो ।

सम्मेलनको हालको तदर्थ समितिलाई विस्थापित गर्दै नयाँ नेतृत्व चयन गर्दैछ । विभिन्न विषयमा कार्यशाला गरिने बामाले जनाएको छ । दोस्रो दिनको कार्यक्रममा गीत, नृत्यसहित नयाँ एलबम, भिडियो आदि सार्वजनिक गरिने कार्यक्रम छ । बामाले सर्जकहरूलाई नयाँ रिलिजका लागि अध्यक्ष विकास थुलुङ राई (४०४.२८७.६१८४), सचिव लामिन तामाङ्ग (७१६.६०२.६११३), उप-सचिव नरेश गौतम (५१३.३२८.८६३०) र बोर्ड अफ डिरेक्टरका अम्बर तुम्बापो सुब्बा (३३०.७८०.३०८८) मा सम्पर्क गर्न अनुरोध गरेको छ । बामाले देशभरका २ सय ५० भन्दा बढी गीत-संगीत साधक तथा सर्जकलाई इमेल पठाएको र कति जना आउनुहुन्छ भनेपछि तयारी गर्न सजिलो होस् भन्नका लागि इमेल जवाफ मागिरहेको छ ।

भूटानी-मूलका गीत-संगीत साधकलाई एकथलोमा ल्याउने प्रयास स्वरूप बामाको स्थापना सन् २०१७ जून १७ मा ओहायोको सिन्सिन्याटीमा भएको हो । स्थापनाकै बेला पहिलो सम्मेलनको निर्णय गरिएको थियो ।

तदर्थ-समितिको अध्यक्ष विकास राई, उपाध्यक्ष खेम रिजाल, सचिव लामिन तामाङ्ग, उप-सचिव नरेश गौतम, कोषाध्यक्ष टीका लामिछाने, र बोर्ड सदस्यहरू: अम्बर तुम्बापो सुब्बा र डम्बर खापुङ्ग हुनुहुन्छ । संस्थाका सल्लाहकारहरू: प्रताप सुब्बा, अमल थुलुङ्ग, टलमान मगर, शिव चम्लागाईं र भिम गुरूङ हुनुहुन्छ ।