HomeNewsफुटबल प्रतियोगिता तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

फुटबल प्रतियोगिता तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

मोरङको शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमा शिविर स्तरीय ऐतिहासिक खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि शनिश्चरेको युनिक युथ क्लबले हात पारेको छ ।

कार्यक्रममा उपस्थित अतिथिहरु। फोटो: हेम गिरी
कार्यक्रममा उपस्थित अतिथिहरु। फोटो: हेम गिरी

आइतबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा युनिकका खेलाडी कमल कालिकोटेको एक गोल नै जितको लागि निर्णायक गोल बन्यो । देबीचरण तिम्सिना स्मृति प्रतिष्ठानको सहयोगमा भएको प्रतियोगिताको बिजेता टिमले नगद रु. ३० हजार सहित ट्रफी हात पारेको छ भने उपबिजेता झापा बेल्डाँगी शिविरको योङ गाइजले नगद २० हजार सहित ट्रफी प्राप्त गरेको छ ।

गत पुस ५ गतेदेखि भएको प्रतियोगितामा झापा र मोरङका ११ भूटानी शरणार्थी टिमको सहभागिता रहेको आयोजक समितिका सदस्य सचिव ओमप्रकाश अधिकारीले बताए ।

सो अवसरमा गत वर्ष प्रवेशिकामा उत्कृष्ट हुने दुई शरणार्थी छात्र छात्राहरु लक्ष्मण राई र दिपा अधिकारीलाई प्रतिष्ठानले उपलब्ध गराउने निर्णय गरेको वार्षिक ४० हजार दरको छात्रबृत्तीको पहिलो किस्ता जनही बीस हजारका दरले बितरण पनि गरियो । कार्यक्रममा भूटानी शरणार्थी सहायतामा संलग्न राष्ट्रसंघिय शरणार्थी समबन्धी उच्च आयोगको स्थानीय इकाई र उसका सहकर्मी संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कारितास नेपाल, युएनएचसीआर, एलडब्लुएफ, आम्दा नेपाललागयातका संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

सौजन्यः हेम गिरी