दक्षिण तास्मानियामा नर्सिंगकी विद्यार्थी रहेकी एक २२ वर्षीया भूटानी युवती, हरी थापाले शुक्रवार आत्महत्या गरेको जानकारी प्राप्त भएको छ | आत्महत्याको घटनालाई हरीका दाजुले परिवारले बेहोरेको सबैभन्दा दुखद् घटना भएको बताएका छन् | मृतकको परिवार १७ महिना अघि झापाको बेलडाँगी शिविरबाट अष्ट्रेलियामा पुनर्बासित भएको थियो |

- उनले बिहीवार फेसबुकमा यो तस्वीर राखेकी थिइन् |
आज बिहानै उनले झुण्डिएर आत्महत्या गरेको खबर फैलँदा उनका दर्जनौँ फेसबुक साथीहरु मर्माहत भएका थिए |
उनले आत्महत्या गर्नुअघि फेसबुकमा प्रकाशित गरेको भिडियोबाट उनले आफ्नो प्रेमीबाट विश्वासघात बेहोरेको प्रष्ट हुन्छ |
शिविरमा बाँकी रहेका एक मात्र परिवारका सदस्य, उनका दाजु छत्र थापाले आफ्नी बहिनी अद्भुत, मिलनसार, परिश्रमी तथा समाजदार केटी भएको बताए |
“अष्ट्रेलियामा अनुसन्धान जारी छ तथापि आत्महत्याको कारण उनले आफ्नो प्रेमीबाट बेहोर्नु परेको विश्वासघातले जन्माएको मानसिकता हुनु पर्छ”, उनले भूटान समाचार सेवासंग भने |
अष्ट्रेलियामा अनुसन्धान भइरहेको जनाउँदै परिवार जनले हरीको प्रेमीको बारेमा अद्यापि जानकारी दिएका छैनन् |
तर उनको लामो प्रेमप्रसंगसंग जानकार उनका केही साथीहरुले आफ्नो प्रेमी औपचारिक रुपमा अमेरिकामा अर्कै केटीसँग लगनगाँठो कस्ने तयारीमा रहेको थाहा पाएपछि उनी तनावपूर्ण अवस्थामा रहेको जनाएका छन् |
उनको फेसबुक प्रोफाइल पृष्ठ हेर्ने जो कोहीले पनि थाहा पाउँछ कि उनी लामो समयदेखि पीडा र आघातको चपेटामा फँसेकी थिइन् | यसले आमाबुबा तथा अभिभावकहरुले मानव जीवनको अपूरणीय क्षति रोक्न आफ्ना बालबच्चाहरुले सामाजिक संजालका साइटहरुमा प्रेषित गर्ने सामग्रीहरुमा नियमित रुपमा निगरानी राख्नु पर्ने पाठ पढाएको छ |
बेलडाँगी २ बाट हरिकुमार दाहालको सहयोगमा सम्प्रेषित
थापाले आफ्नो फेसबुकमा राखेको अन्तिम भिडियो | सौजन्य: छत्र थापा

यस प्रकारको मृत्यु पुनर्स्थापित सिक्षित भुटानी युवाहरुका लागि सारै दुखादाई हो/ मृत्यु बरण गर्नु को साटो केहि गरेर देखाउनु पर्थ्यो / तर यसरि जिवनबाट हरेश खानु अवश्य पनि राम्रो होइन / जीवनको महत्व नाबुज्नेहरुका लागि मृत्यु राम्रो हुनसक्छ / जीवनमा हरेक समस्याको समाधान छ तर आत्मा हत्याको समाधान छैन / आफ्नु जीवनको मूल्य नाबुज्नेहरुका लागि मेरो भन्नु केहि पनि छैन / कसैले पनि यस्तो प्रकारको मृत्यु वरण नगरोस / यस हत्याबात प्रभावित परिवारमा धर्य धरान गर्ने क्षमता मिलोस भन्ने कामना गर्न चाहन्छु /
गंगा लामितारे
so sad!!
It was her wrong decision. She should have to do the great deeds to challange her betrayed beloved. Any way god keeps her soul peace in the heaven, Thanks
हे नारी हो शरिर त कम्जोर छ तर बुद्धी त कम्जोर छैन नि! आफ्नो अधिकार लागि बाच्न सिक हो! यस्हरी कतीनजेल अरु लागि मर छौ ? ह
Ram Kharel
Sorry for ur wrong decission ……… Any way god bless u and let ur sould be rest in heaven.
यस प्रकारको घटना घट्नु कम सोचाइ गर्ने आथवा समस्यालाई समस्याको अनि त्यसलाइ बोजको रुपमा लिनेहरु चाहे मानसिक परिपक्कता अथवा उच्च शिक्छा हासिल गरेको जो कोहि किन नहोस,त्यस्ता मानिसहरु पनि यसरि बिकल्प लिने गरेको पाइन्छ तर यसरि आत्महत्या गर्नु नै चहि हरेक समस्याको समाधान होइन । बिषेश गरि यस्तो किसोर किसोरि अवस्थामा डिट भएर मायाको बन्दनमा गाँसिएको हुन्छन् । यो अवस्थामा आफ्ना परिवार,साथि संगि र संगसंस्थाबाट आवस्याक परामर्सको {counselling} खाँचो पर्दछ । यस प्रकारको घटना घट्न नदिनु हरेक बाबुआमा,नातेदार सम्बन्दित पक्छदार र जो कोहिले सोच्नु भएको छ भने सयाम आफु सचेत हुनु जरुरि पर्दछ भन्ने लाग्दछ । सोकाकुल परिवार प्रति समबेदना ब्यक्त गर्दछु ।।
Krishna Basnet SA
premi chai ko raichaan ta USA ma,does any 0ne knows about it?
I will give you $5 as reward.