Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsपूर्वाञ्चल स्तरीय भलिबल प्रतियोगिता शुरु

पूर्वाञ्चल स्तरीय भलिबल प्रतियोगिता शुरु

झापाको भूटानी शरणार्थी शिविर बेलडाँगीमा शुक्रबार देखि पूर्वाञ्चल स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

पहिलो दिनको खेलमा सहभागी खेलाडीहरू (तश्विरः डिकेश लामा)
पहिलो दिनको खेलमा सहभागी खेलाडीहरू (तश्विरः डिकेश लामा)

उद्घाटन खेलमा बन्दका कारण सुव्वा चोक विर्तामोड टीम र पिपिरे, दमक टीमको उपस्थिति नभएको खेल आयोजक समूहका सचिव टिकाराम राईले बताए ।

यसै गरी दोस्रो खेल पनि साराडाँगी धाईजन झापालाई नेट बल हानी आयोजक बी टिम दोस्रो खेलमा प्रवेश गर्ने मौका पाएको छ ।

पाथीभरा शसस्त्र प्रहरी गणका प्रमुख तथा शसस्त्र प्रहरी उपरिक्षक महेश कुमार श्रेष्ठको प्रमुख आथित्यमा भएको उद्घाटन कार्याक्रममा दर्शकलाई खेल मनोरञ्जन दिन शसस्त्र प्रहरी बल पकली र आयोजक ए टीमले खेल प्रदर्शन गरेका थिए । खेलमा आयोजकलाई शसस्त्र प्रहरी बल पकलीले विजय हासिल गरेको कार्याक्रम संचालक विर्ख गुरुङ्गले बताए ।

शनिबार भने ज्ञान ज्योति क्लव सुरुङ्गा र झुम्का खेलकुद कमिटि तथा आयोजक सी टीम र धरान भलिवल क्लवबीच प्रतिस्पर्दा हुने आयोजक समूहले जानकारी दिएको छ ।

खेलमा विजेता र उपविजेता टीमलाई क्रमशः ४१ हजार र ३१ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समूहले जानकारी दिएको छ ।

सौजन्यः डिकेश लामा, बेलडागी