Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारपूर्वाञ्चल स्तरीय भलिबलको उपाधि दमकलाई

पूर्वाञ्चल स्तरीय भलिबलको उपाधि दमकलाई

दमक भलिबल क्लवका क्याप्टेन तेजु धिमाल र एल् डब्ल्यु एफ् नेपालका ध्रुवराज पण्डित (दायाँ) फोटो: डिकेश लामा

भूटानी शरणार्थी शिविर बेलडाँगीमा गत मंगलबारदेखि भएको पूर्वाञ्चलस्तरीय भलिवल नकआउट प्रतियोगिताको उपाधि फ्यान्स क्लवलाई हराउँदै दमक भलिवल क्लव टीम ‘ए’ ले हिजो हात पारेको छ ।

पाँचमध्येको पहिलो खेल जितेर उत्साहित भएको दमकले दोस्रो खेलमा भने निराशा बेहोरेको थियो । यद्यपि त्यसपछिका दुई खेलमा फ्यान्स क्लवलाई पछि पारेर दमक विजेताको उपाधि चुम्न सफल भएको हो ।

फ्यान्स क्लव बेलडाँगी र स्थानी प्रभात किरण युवा क्लबको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा पहिलो र दोस्रो टीमलाई क्रमशः नगद १५ हजार र १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

शरणार्थी तथा स्थानीयलाई खेलकुदप्रति उत्साह जगाउने लक्ष्यका साथ आयोजना गरिएको एक साता लामो प्रतियोगितामा विभिन्न स्थानबाट १२ टीमले सहभागी भएको फ्यान्स क्लवका कप्तान युवराज राईले भूटान समाचार सेवालाई जानकारी दिए ।