झापाको भूटानी शरणार्थी बेलडाँगीमा मंगलबारदेखि भएको पूर्वाञ्चल स्तरीय भलिवल नकआउट प्रतियोगिता शुरु भएको छ ।

मंगलबार भएको पहिलो खेलमा धुव्रतारा स्पोटिङ्ग क्लवलाई हराउँदै फेन्स क्लव ए टीम विजयी भएको छ । आजको दोस्रो खेलमा फेन्स क्लव वी लाई हराउँदै राज ओभरसीज इटहरीले विजय हात पारेको छ । बेष्ट अफ थ्री निर्धारण गरिएको खेलमा पहिलो खेलमा ९– २५ र दोस्रो खेलमा १५–२५ अंकको अन्तरमा खेलको निर्णय भएको छ ।
खेल शुरु हुनु अघि आयोजक फेन्स क्लव र स्थानीय दमक ५ को प्रभात किरण यूवा क्वलले आगलागी सम्बन्धी सचेतना रयाली समेत प्रर्दशन गरेको छ । रयालीमा सशस्त्र प्रहरी, ल्याङ्गवेज सेन्टरका प्रशिक्षार्थी, क्याम्प व्यवस्थापन समिति लगायत शरणार्थी सहयोगी दातृ संस्थाका प्रतिनिधिहरुको सहभागी भएको छ ।
आगलागी बाट बच्न र बचाउँन सन्देश दिने रयालीले शिविर परिक्रमा गरेको आयोजक फेन्स क्लवका अध्यक्ष तथा कार्याक्रमका सभापति युवराज राईले बताउनु भयो । औपचारिक कार्याक्रममा क्यारिटस नेपाल दमक शाखाका प्रमुख फादर अमलराजको प्रमुख आथित्य भएको छ ।
कार्याक्रममा क्याम्प सुपरिवेक्षक दिपक निरौला, सचीव, डीवी सुव्वा, सहायक सचीव मनमाया राई, शरणार्थी अगुवा डा. भम्पा राई लगायत विश्व लुथरन फेडेरेशनका प्रतिनिधि, यूएनएचसीआरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खेलमा सन्तोष रोक्का र तिलाचन भट्टराई म्यान अफ द म्याच घोषित भएका छन् । भोलि भगवान ब्रदर विर्तामोड र सुनसरी युवा क्लव तथा सगुन युवा क्वल र प्रभाव किरण युवा क्वलबीच खेल हुने आयोजकले जानकारी दिएको छ ।
सौजन्य ः डिकेश लामा, बेलडागी