Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsपुनर्स्थापनाको आठ वर्षमा अमेरिकामा ८६ हजार ३ सय ४५

पुनर्स्थापनाको आठ वर्षमा अमेरिकामा ८६ हजार ३ सय ४५

आइ. अो. एम् का बसमा चढेर शिविरबाट बिदा हुँदै प्रवासी भूटानीहरु। फाइल फोटो: बि. एन्. एस्।
आइ. अो. एम् का बसमा चढेर शिविरबाट बिदा हुँदै प्रवासी भूटानीहरु। फाइल फोटो: बि. एन्. एस्।

न्यु ह्याम्सर । सन् २०१६ मार्चमा भूटानीहरुको पुनर्स्थापना थालिएको ८ वर्ष पुगेको छ । सन् २०१६ मार्च अन्तिमसम्ममा अमेरिकी सरकारले ८६ हजार ३ सय ४५ जनालाई पुनर्स्थापित गराइसकेको छ ।

सन् २०१४ अक्टोबर १ देखि सन् २०१५ सेप्टेम्बर ३० सम्मको आर्थिक वर्ष, आ.व. (सन् २०१४/०१५) सम्म ८४ हजार ५ सय ४७ जना भूटानीहरु पुनर्स्थापित भएका छन् ।

त्यस्तै सन् २०१५ अक्टोबरमा सुरु नयाँ आ.व. का ६ महिनामा १ हजार ७ सय ९८ जना भूटानीहरु पुनर्स्थापित भएका छन् । अमेरिकी आर्थिक वर्ष अक्टोबर १ मा सुरु भएर अर्को वर्षको सेप्टेम्बर ३१ मा सकिन्छ ।

सन् २०१५/०१६ का ६ महिनामा पुनर्स्थापितको सङ्ख्या हेर्दा अबको ६ महिनासहितको आर्थिक वर्षमा ३ हजार ५ सयभन्दा केही बढी मात्र पुनर्स्थापित हुने देखिन्छ ।

साभारः अक्षरिकाको अप्रिल २०१६ अंक