Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारपुनर्बास गराउने ठगीमा संलग्न महिला पक्राउ

पुनर्बास गराउने ठगीमा संलग्न महिला पक्राउ

दमक प्रहरीले नेपाली यूवाहरुलाई भूटानी शरणार्थीका रुपमा दर्ता गरी पाश्चत्य मुलुक पठाउँछु भनी ठगी गर्ने एक जना स्थानीय महिलालाई पक्राउ गरेको छ |

अजिता पौडेल (तस्बीर साभार: पूर्वेली टाइम्स )

पक्राउ पर्नेमा दमक १३ निवासी अजिता पौडेल रहेको प्रहरीले जनाएको छ | पौडेलले यसअघि नै १५ जना स्थानीय यूवालाई भूटानी शरणार्थीका रुपमा तेश्रो देश पुनर्वास गराउने सर्तमा मोटो रकम संकलन गरिसकेको जनाइएको छ |

“अनुसन्धानले देखाएको छ कि उनले प्रति व्यक्ति १५ लाख रुपैयाँ तिर्न लगाई कम्तिमा १५ जना यूवालाई ठगिसकेकी छिन्”, प्रहरी निरीक्षक नवीन कार्कीलाई उधृत गर्दै आइतबार एक जना स्थानीय बासीले संचार माध्यमसंग भनेका छन् |

उता आरोपित महिलाले भने आफू पक्राउ परेकोमा आश्चर्यचकित भएको जनाएकी छिन् | उनले भनेकी छिन् कि उनले ती यूवाहरुलाई विदेश पठाउन नसके रकम फिर्ता गर्ने जानकारी अघि नै दिइसकेकी छिन् |

पौडेलका अनुसार उनले ती यूवाहरुलाई संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धि उच्च आयोग र अन्तर्राष्ट्रीय आप्रबासी संगठनले अवलम्बन गर्ने आधारभूत अन्तर्वार्ता तरिकाका बारेमा सिकाउन एक महिनासम्म होटलमासमेत राखेकी छिन् |

आफूले ठगी गरेको स्वीकार्दै पौडेलले पत्रकारहरुसंग भनिन्, “म संलग्न रहेको कारोवारमा अरु धेरै एजेन्टहरु सक्रिय रुपमा लागेका छन् |” तथापि उनले आफ्नो भनाइलाई विस्तार गर्न इन्कार गरिन् |