Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारपीडित भूटानीहरुको समस्या नास्पमा उठाउँछु : मन्त्री पाण्डे

पीडित भूटानीहरुको समस्या नास्पमा उठाउँछु : मन्त्री पाण्डे

नेपालमा शरणार्थी जीवन विताई रहेका पीडित भूटानीहरुको स्वदेश फिर्तीको सवाल र समस्याहरुलाई इन्डोनेशियाको वाङडुङमा हुने सम्मेलनमा कुरा उठाउने परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले बताउनु भएको छ आज विहान पीडित भुटानीहरुको संस्था भूटान स्वतन्त्र जनमञ्चका प्रतिनिधिहरुसँग निवासमा भेटघाट गर्दै मन्त्री पाण्डेले यस्तो बताउनु भएको हो मन्त्री पाण्डेले नेपाल र भूटानका सरकार प्रमुख तथा प्रतिनिधिहरुबीच एसियालीअफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ सम्मेलनमा भेट हुने भएकोले सो सम्मेलनमा आफूले कुरा उठाउने बताउनु भयो सो सम्मेलनमा एसिया तथा अफ्रिकाका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिको सहभागिता रहने छ भेटघाटमा मन्त्री पाण्डेले सो सम्मेलनको क्रममा भूटानी सरकारका प्रतिनिधिहरुसँग व्यक्तिगत रुप भेटी रिप्याट्रेशन (स्वदेश फिर्ती) को बारेमा गहन छलफल गर्ने आश्वासन समेत दिनु भयो

भुटान स्वतन्त्र जनमञ्चका प्रतिनिधिहरुसँग निवासमा भेटघाट गर्दै परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे
भुटान स्वतन्त्र जनमञ्चका प्रतिनिधिहरुसँग निवासमा भेटघाट गर्दै परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे

मन्त्री पाण्डेले पीडित भूटानीहरुको बारेमा आफू गम्भीर रहेको बताउँदै शिविरमा रहेर पनि हालसम्म शरणार्थीको रुपमा दर्ता हुन नसकेकाहरुलाई तत्काल दर्ता गराउने प्रक्रिया अघि बढाउने पनि आश्वासन दिनु भयो पीडित भूटानीहरुको तेस्रो मुलुक पुनर्वास न्यायसङ्गत नभएको र त्यहाँ उनीहरु झन पीडित भएको प्रतिनिधिहरुले बताउँदा मन्त्री पाण्डेले त्यहाँ पनि समस्या रहेको, पीडित बनेको र आत्महत्या समेत गरेको खबर आफूले पनि पाएको र सो विषयमा अध्ययन अनुसन्धान गर्न जरुरी रहेको बताउनु भएको भुटान स्वतन्त्र जनमञ्चका अध्यक्ष टोम अधिकारीले बताउनु भयो

जनमञ्चको तर्फबाट ८ जनाको प्रतिनिधि मण्डलले मन्त्री पाण्डेलाई आज उहाँकै निवासमा भेटेको थियो सो प्रतिनिधि मण्डलमा झापा र मोरङका शरणार्थी क्याम्पका प्रतिनिधि, तेस्रो मुलुक पुनर्वासमा गइसकेका शरणार्थीहरुको तर्फबाट प्रतिनिधि तथा अन्य शरणार्थीहरुको सहभागिता रहेको छ सो भेटघाटमा प्रतिनिधिहरुले डोनर एजेन्सीहरुले क्याम्पबाट हात झिक्दै गएको तथा क्याम्प उठाउने तयारी गरिरहेको विषयमा सरकार गम्भीर हुनु पर्ने, तेस्रो मुलुक पुनर्वास अन्तिम समाधान नभएको भन्दै स्वदेश फिर्तीको बारेमा गम्भीर पहल गरिदिन आग्रह गरेका थिए उनीहरुले क्याम्पमा अझै धेरै शरणार्थी विचल्लीको अवस्थामा रहेकोले उनीहरुको समस्या समाधानार्थ नेपाल सरकारको तर्फबाट ध्यान पुर्याइदिन आग्रह पनि गरे  

साभारः आजको खबर डट कम