Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीपरिवार नै मेरो हौसला: मिस भूटान युएस २०१८ सुचिता

परिवार नै मेरो हौसला: मिस भूटान युएस २०१८ सुचिता

न्यु ह्याम्सर । गत साल ठूलाबाकी छोरी सुजना फर्स्ट रनरअप हुनुले पनि मलाई हौसला मिलेको हो,” मिस भूटान युएस २०१८ सुचिता प्रधानले भूटान न्युज सर्भिससँग भनिन्, ”बुबाआमाले शिक्षा पूरा गर्ने मौका पाउनु भएन । तर मलाई जे राम्रो हुन्छ, म जेबाट खुशी हुन्छु, त्यो गर है भन्नुहुन्थ्यो । यो नै मेरो प्रेरणा पनि हो ।उनी गणेश र इन्द्रदेवीकी जेठी छोरी हुन् । उनका दुई जना बहिनी छन् ।

ओहायोको कोलम्बसमा जुलाई १९२२ आयोजित उक्त प्रतियोगिताकी विजेता प्रधान नर्थ क्यारोलाइनाका सार्लोट वासिन्दा हुन् । प्रतियोगितामा अस्मिता सुब्बा, मोनिता सरू, बेनिता द्यौराली, दुर्गा कटेल, सुचिता प्रधान, गंगा दुलाल, निर्मला दाहाल, नर्वदा गौतम, शितल अधिकारी, कुमारी माझी र निशा आचार्य गरी ११ जना थिए । ११ बाट ७ हुँदै अन्तिममा ३ जना पुगेका हुन् । सुचितालाई पछ्याउँदै दुर्गा कटेल फर्स्ट रनरअप र गंगा दुलाल सेकेन्ड रनरअप भए । उनीहरूले क्रमश: २ हजार, १ हजार ५ सय र १ हजार डलर नगदसहित अन्य पुरस्कार पाए ।

प्रतियोगिताका लागि हामीले अन्तिमका ७ दिन निकै मेहनत गर्‍यौं । तालिम बिहान ७ बजे शुरू हुन्थ्यो र बेलुका ५६ बजे सकिन्थ्यो । आजभन्दा भोली कसरी राम्रो गर्नु भन्ने हुन्थ्यो । अन्तिम दिनको तयारीसम्म निखारिनु थियो,” पाँचौं मिस भूटान युएस प्रधानले भनिन् । प्रतियोगिताकी अफिसियल कोरियोग्राफर नेपाली चलचित्रनायिका प्रियङ्का कार्की थिइन् ।

मिस भूटान युएस सन् २०१४ मा पहिलोपटक ह्युस्टन, टेक्ससमा भएको थियो । त्यसपछि हरेक वर्ष क्रमश: टेनेसीको न्याशभिल, ओहायो राज्यको क्लिभल्याण्ड, पेन्सलभेनिया राज्यको ह्यारिसवर्ग र यस वर्षको पाँचौं संस्करण ओहायोको कोलम्बस आइपुगेको हो । यसअघि सन् २०१४ मा प्रकृति राई, २०१५ मा नुमा लिम्बू, २०१६ मा विमला शिवाकोटी र २०१७ मा आरती घिसिङ तामाङले मिस भुटान युएसको उपाधि जितेका थिए ।

मैले यसअघिका विजेताहरूसँग पनि कुरा गरेकी थिएँ,” प्रधानले अगाडी भनिन्, ”अनि यसपटकका ११ प्रतिस्पर्धीबीच घुलमिल अवसर मिल्यो । हामी सम्बन्ध निकै सुमधुर रह्यो ।प्रतियोगिताको निर्णायकमण्डलमा नै सन् २०१६ को मिस युएस भूटान विजेता विमला शिवाकोटी थिइन् । शिवाकोटीबाहेक निर्णायकमण्डलमा गायिका इन्दिरा जोशी, डिजाइनर पुनम गौतम, नेपाली नायक जीवन लुइटेल, डिजाइनर शुभेच्छा भँडेल थिए । कार्यक्रमको अन्तिम दिन जुलाई २२ मा ६ जना जति गायकको प्रस्तुति पनि थियो ।

सत्रदेखि २८ वर्षका युवतीमाझ मिस युएस भूटान छान्ने यो प्रतियोगिता हिमालयन फेस्टिभल युएसए (एचएफयुएसए) ले आफ्नो एक इभेन्टका रूपमा आयोजना गर्दै आएको छ । एचएफयुएसए, क्यालिफोर्नियामा गैरनाफामुखी संस्थाका रूपमा दर्ता छ ।

कार्यक्रम निकै रोमाञ्चक भयो,” सुचिता भन्छिन्, ”यसले मलाई आत्मविश्वासी बनाएको छ । बलियो बनाएको छ । मेरो भविष्य निर्माणमा सहयोगी हुन्छ भन्ने लागेको छ ।