Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारन्यू योर्कबाट थिम्फू नजिक पर्छ: ओली

न्यू योर्कबाट थिम्फू नजिक पर्छ: ओली

नेकपा एमालेका एक जना वरिष्ठ नेता के.पी.शर्मा ओलीले भूटान सरकारलाई स्वदेश फिर्तीका लागि दबाव दिन झापाभन्दा न्यू योर्क नजिक हुने धारणा व्यक्त गरेका छन् |

एमाले नेता ओली

ओलीले उक्त विचार झापाका संचारकर्मीहरुको जिज्ञासामा प्रतिक्रिया दिने क्रममा शुक्रबार दमकमा व्यक्त गरेको पूर्वेली टाईम्सले जनाएको छ |

“शरणार्थीहरुले पहिला पुनर्वासमा जाने अनि त्यसपछि भूटान सरकारलाई दबाव दिने निर्णय गर्दा उत्तम हुनेछ किनकि थिम्फू न्यू योर्कबाट नजिक पर्छ,” ओलीले भने |

भूटानसंग भएका धेरैवटा द्विपक्षीय बार्तामा नेपाली टोलीको नेतृत्व गरेका नेता ओलीले पुनर्बासित भूटानीहरुको जीवन सहज भएको बताए | उनले भने, “अमेरिकामा उनीहरुका छोराछोरीहरुको भविष्य सुरक्षित हुनेछ |”

यद्यपि, उनले शिविरमै रहने निर्णय गरेका शरणार्थीहरुको मागलाई समेत बेवास्ता गर्न नहुने कुरामा जोड दिए |