यही जुलाई २९ मा न्यूजीलैंडमा सम्पन्न न्यूजीलैंडको भूटानी समाजको वार्षिक साधारण सभाले सुदर्शन अधिकारीलाई आफ्नो सभापतिमा निर्वाचित गरेको छ |
समाजका संस्थापक सभापति बालकृष्ण घिमिरेले व्यक्तिगत समस्याहरुका कारण केही महिना अघि राजिनामा दिएका थिए | कार्यक्रममा समाजका महासचिव डिल्लीराम न्यौपानेले समाजका वार्षिक गतिविधिहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष पम्फा गौतमले आर्थिक विवरण प्रस्तुर गरेकी थिइन् |
“हामी सबै का लागि पुनर्बास प्रक्रिया निक्कै चुनौतिपूर्ण छ | त्यसैले यसघडीमा हामीले सहकार्य गर्न आवश्यक छ”, समाजका नवनियुक्त सभापति अधिकारीले भने | उनले सहयोग, सहभागिता र समन्वय निरन्तर कायम राख्न सबैसँग आग्रहसमेत गरे |
न्यूजीलैंडको भूटानी समाजको स्थापना डिसेम्बर २००८ मा भएको हो |
न्यूजीलैंडबाट डोमा काफ्लेले पठाएको रिपोर्टमा आधारित
