अस्ट्रेलियाको जीवन कस्तो छ ? यस प्रश्नको जवाफमा मुस्कुराउँदै ८८ औं वसन्त पार गर्नु भएका खडानन्द धिमाल भन्छन, “के गर्नु, यस्तो राम्रो कानुन भएको देश, जहाँका रैती सधैं खुसी र सुखी पनि, समानता र मानवीय भावना सबैमा व्याप्त । शिक्षामा सबैको पहुँच छ । कस्तो उदार राष्ट्र हुनेनहुने सबैवर्गलाई पालेको छ । अस्ट्रेलियाको जीवन मेरा निम्ति सोचेभन्दा उत्तम ।
धिमाल हालै घर किनेर सिड्नीको डूनसाइडमा सपरिबारका साथ बस्नुहुन्छ ।
४ वर्षअघि मात्र अस्ट्रेलिया टेकेका वयोवृद्ध धिमाल सारीरिक रुपले केही कमजोर देखिएता पनि मानसिक रुपले दृढ रहेको परिबारजन बताउँछन् ।
अस्ट्रेलिया आएबाट स्वस्थ्य कम्जोरका कारण दुईपटक ब्ल्याकटाउन हस्पिटलमा लामो समयसम्म भर्ना भई उनको उपचार भएको थियो । अहिले उनमा धेरै सुधार आएको छ । उनी परिवारसंगै आफ्नो दैनिकी धानिरहेका छन् ।
भुटानको जन्म, नेपालको १८ वर्षे जीवन यापन तथा अस्ट्रेलियाको सुरुवात धिमालका आँखा कै अधिल्तिर झल्झल्ती छदैछ
“भुटानको आफ्नो पौरखता कहिल्यै बिर्सन्न, नेपालको शरणार्थी जीवन सम्झन चाहन्न, र वर्तमानमा म जहाँ छु अति नै खुसी छु ।
(पदम काफ्लेसंग भएको कुराकहानीमा आधिरित)