नव नियुक्त प्रधानमन्त्री झलनाथ खनाललाई ड्रुक नेसनल कांग्रेस पार्टीले बधाइ तथा शुभकामाना दिएको छ ।
नेपालको ३४औँ प्रधानमन्त्रीको रुपमा निर्वाचित हुनुभएका प्रधानमन्त्री खनालको सरकारको कार्यकालमा लामो समयदेखि अल्झिएर बसेको भूटानी शरणार्थी समस्याले सही सम्बोधन पाउने आशासमेत ड्रुक नेसनल कांग्रेसले व्यक्त गरेको छ ।
पार्टीका सभापति रोङथोङ किन्ले दोर्जीद्वारा जारी शुभकामना सन्देशमा नेपाली सरकार र नेपाली जनताले शरणार्थीहरुमाझ पु–याएको सहयोगप्रति सबै भूटानीहरु ऋणि बन्ने कुरासमेत जनाउनु भएको छ ।
त्यस्तै, ड्रुक नेसनल कांग्रेस प्रजातान्त्रिक पार्टीले पनि प्रधानमन्त्री खनाललाई बधाइ तथा शुभकामना दिएको छ । पार्टीले हिजो जारी गरेको बधाइ सन्देशमा शरणार्थी समस्यलाई नजिकबाट नियलिरहुभएका प्रधानमन्त्री खनालले आगामी दिनमा शरणार्थी समस्याको समाधान खोज्नमा गम्भिर पहल गर्ने आशासमेत व्यक्त गरेको छ |