Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsनवलका चित्र पुन: छनोटमा

नवलका चित्र पुन: छनोटमा

सिड्नीको मिन्टो निवासी भूटानी चित्रकार नवल खतिवडाका चित्र पुन: हार्टलैण्ड शरणार्थी कला पुरस्कार २०१३ का निम्ति छनोटमा परेका छन् ।

अस्ट्रेलिया देशभरिबाट जम्मा ३० वटा चित्र पुरस्कारका निम्ति छनोटमा परेको उक्त प्रतियोगितामा  खतिवडाका चित्र पुरस्कारका निम्ति छनोटमा परेको आयोजक कमिटी मल्टिकल्चरल आर्ट भिक्टोरियाले जानकारी गराएको छ । १२,००० अस्ट्रेलियन डलर राशिको उक्त पुरस्कारका निम्ति छनोट गरिएका चित्रहरुलाई जुन १८ देखि २७ सम्म फ्लिन्डर्स लेन मेलबोर्नमा प्रदर्शनीका निम्ति राखिने जानकारी समेत गराइएको छ ।

छनोटमा पर्न सफल दिदी र भाइ शीर्षकको चित्र
छनोटमा पर्न सफल दिदी र भाइ शीर्षकको चित्र

छनोटमा पर्न सफल दिदी र भाइ शीर्षकको यो चित्र थोरै समयमा नै आफूले क्यानभासमा उतारेको नवल बताउँछन् । “आफ्नै सामाजिक परिवेश, रहनसहन, रीतिस्थिति र सांस्कृतिक परिवेश झल्कने तथा पारिवारिक मेलमिलाप र आपसी प्रेम व्यक्त हुने चित्र बनाएको छु” एक भेटमा उनले बताए ।

विगत दुई वर्ष यता वेस्टन सिड्नी क्षेत्रमा उनका अन्य शीर्षकका चित्र छनोटमा पर्दै र पुरस्कृत हुँदै आएका पनि छन् तर यस पालिबाट भने समग्र अस्ट्रेलियाभरि हुने चित्रकला प्रतिस्पर्धामा खतिवडाका चित्र छनोटमा पर्न सफल भएका हुन् ।

वर्तमानमा नर्सिङको अध्ययन गर्दै गरेका नवलले चित्रकलालाई आफ्नो जीवनको रुचिको विषय रहेको बताएका छन् । रुचि भएर पनि नेपालको शरणार्थी शिविरमा उनको चित्रकारिताले हुर्किने खासै मौका पाएको थिएन तर अस्ट्रेलिया आएबाट नै उनका चित्रकलाले झाङ्गिने र फस्टाउने स्थान पाउन थालेको अनुभव नवल स्वयं सुनाउँछन् ।

पदम काफ्ले (समाचारदाता, सिड्नी)