Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारतारालालको सपनाको समाधि

तारालालको सपनाको समाधि

तारालाल श्रेष्ठले ‘सपनाको समाधि’ उपन्यास बजारमा ल्याएका छन् । भुटानी शरणार्थीका विषयमा लेखिएको श्रेष्ठको उपन्यास शनिबार राजधानीस्थित पर्यटन बोर्डको सभाहलमा जगदीश घिमिरेले सार्वजानिक गरे ।

सपनाको समाधि

श्रेष्ठले पाँच वर्षको अनुसन्धानपछि त्यसलाई उपन्यासको रूप दिएको बताए । उपन्यासमा भुटानी शरणार्थीको समस्या सिर्जना, उनीहरूले भोग्नुपरेको मानसिक, भौतिक, आर्थिक तथा भौगोलिक समस्याको चित्रण पुस्तकमा छ ।

‘म पटक-पटक झापा गएँ, भुटानीसित बसें खाए र तिनका समस्या केलाएर उपन्यास बनाएँ,’ तारालालले भने, ‘आफ्नो देशमा प्रजातन्त्र नपाएका नागरिक दुःखको भासबाट फेरि दुःखकै भुमरीमा पर्दै गएको मैले देखेको छु । उनीहरूको दुःख मेरो उपन्यासको मुख्य विषय हो ।’

जगदीश घिमिरेका शब्दमा उपन्यासले शरणार्थी पुनर्बासले निम्त्याएको समस्यालाई पनि नजिकबाट छामेको छ । ‘यसमा चारवटा देश छन् नेपाल, भारत, भुटान र अमेरिका र तिनै चार देशमा पात्र छन्,’ उनले भने, ‘उपन्यासमा विश्वविद्यालय आएको छ । हाम्रै विश्वविद्यालयका केही गुरुहरूको अनुहार त्यसमा आउन सक्छ ।’ पुस्तक डिस्कोर्स पब्लिकेसन्सले छापेको हो । कान्तिपुर