
टेक्सासको फोर्ट वोर्थ शहरमा २५५८ औं बुद्ध जयन्ती मनाइएको छ । यस वर्षको बुद्ध जयन्ती मे १४ मा परे पनि मे १८ का दिन मनाइएको हो । नेपाली समाजमाझ युनिभर्सल मानव धर्म, टेक्सस ९स्थापनाः २०१०० द्वारा उक्त समारोह गरिएको थियो ।
संस्थाका प्रमुख सल्लाहकार पण्डित अर्जुन शंकरको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अथिती भुटानी नेपाली पहिलो तथा लोकप्रिय गायक प्रताब सुब्बा हुनुहुन्थ्यो ।
कार्यक्रममा बुद्ध र आध्यात्मिकताबारे प्रवचन तथा भजनहरू भएका थिए । उक्त कार्यक्रममा गित संगित, कविता वाचन, र नृत्यहरू पनि प्रस्तुत गरिएका थिए ।
गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो । उनको जीवनकाल ५६३ ईशापूर्वदेखि ४८३ ईशापूर्व तथा मृत्यु ४८६ देखि ४८३ ईशापूर्वबीच भएको थियो ।