भूटानी सेनाले गिरफतार गरेर विभिन्न प्रकारका लालछना लगाई जेलमा रहेका १२ जना भूटानी शरणार्थीका परिवारहरुले आफ्ना सदस्यहरुको शीघ्र रिहाइको लागि अपिल गरेका छन् ।
एम्नेष्टी इन्टरनेस्नल, नेपाल सरकार, राष्ट्रिय मानव अधिकार आयोग,अन्तराष्ट्रिय रेडक्रस सोसाइटीलगायतमा सम्युक्त अपिल पठाई ती परिवारहरुले यस्तो आग्रह गरेका हुन् ।
बेलायतको राजधानी लण्डलमा मुख्य कार्यालय रहेको एम्नेष्टी इन्टरनेस्नललाई सम्बोधन गरिएको उक्त अपिलमा निर्दोश युवाहरुलाई समातेर जबरजस्ती जेलमा राखेको र चार वर्षसम्म पनि अदालतमा नउभ्याइएको कुरा उल्लेख गरिएको छ । त्यस्तै, उनीहरुमाथि चलाएको कारवाही कुनै पनि न्यायसंगत नभएको कुरा उठाई तत्काल रिहाइको पहल गरिदिन पीडित शरणार्थी परिवारहरुले आग्रह गरेका हुन् ।
साथै जेलमा रहेका युवाहरुको अवस्था अति नै नाजुक रहेकाले तत्काल रिहाइको पहल नभए थप गम्भिर बन्ने सम्भावना रहेको चार वर्षदेखि भूटानको जेलमा रहेका ओमनाथ अधिकारीकी आमा डम्बर कुमारी अधिकारीले जानकारी दिएकी छन् ।
अधिकारीले केही महिना अघि मात्र अन्तराष्ट्रिय रेडक्रम सोसाइटको सहयोगमा उनका छोरा ओमनाथलाई राजधानी थिम्फुमा रहेको केन्द्रीय काराकारमा पुगेर उनको पछिल्लो अवस्था बुझेकी थिइन् ।