Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीकेन्टकीमा ज्ञानज्योति नेपाली पाठशाला

केन्टकीमा ज्ञानज्योति नेपाली पाठशाला

 त्रिविक्रम अधिकारी / लेक्सिङ्गटन, केन्टकी

लेक्सिङ्गटन भूटानी समाज, केन्टकीले गत आइतबार अप्रिल २९ (वैशाख १६) मा एक सांस्कृतिक कार्यक्रमबीच नेपाली-भाषा पाठशालाको औपचारिक नामकरण ”ज्ञानज्योति नेपाली पाठशाला” गरेको छ । नेपाली नववर्ष २०७५ को शुभकामना आदान-प्रदान विशेष कार्यक्रममा नेपाली-भाषी भूटानी / नेपाली कलाकारहरूको गीत, नृत्य तथा साहित्यिक प्रस्तुतिहरू गरिएका थिए ।

 

समाजका अध्यक्ष बुद्ध अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा केन्टकी रिफ्युजी मिनिस्टरकी संयोजक मेरी कब् प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा ग्लोबल लेक्सबाट ईसाबेल टेल्लर, पाष्टर मार्क जोन्सन, साहित्यकर्मी शिवलाल दहाल, परदेशी ईन् प्याराडाइजका लेखक डा.गोविन्द रिजाल, गजलकार लक्की रासी, गायक गोविन्द फुँयल, विष्णु डुम्रे, मुरारी गुरागाई, सुसिला केसी, अर्जुन थापा, प्रनिम राई लगायतको विशेष उपस्थिति थियो ।

नेपाली भाषा संरक्षण हेतु नोभेम्बर २०१७ देखि सन्चालनमा आएको उक्त भाषा-कक्षामा ३ देखि १६ वर्षसम्मका विद्यार्थी रहेको शिक्षण सहयोगी चन्द्रा खरेल-बास्तोलाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बुद्ध अधिकारीले पाठशालालाई सबै लेक्सिङ्गटनबासीले सहयोग गर्नका लागि आव्हान गर्नुभयो ।

नेपाली/भूटानी कलाकारहरूको रमाइला प्रस्तुतिसँगै पाठशालाका बालबालिकाको सामुहिक नेपाली बालगीतले कार्यक्रमलाई अझ आकर्षित बनाएको थियो ।

चन्द्रा खरेल-बास्तोला, मन्जु दियाली, र त्रि-विक्रम अधिकारीको संयुक्त उद्घोषण अनि पवित्रा खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको धन्यवाद-ज्ञापन विष्णु बास्तोलाले दिनु भएको थियो ।