किराँत राईहरुका मौलिक सांस्कृतिक पर्वहरु, चाडहरु र विशेष नाचहरुलाई मनाउन र निरन्तर प्रयोगमा ल्याउन किराँत राईको संगठन Bhutanese Kirat Rai Organization of America,Inc नामक संस्था को गठन भएको कुरा एक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ | सो विज्ञप्ति अनुसार गत सालको इरी शहरमा मनाइएको साकेला भेलाले यो संस्थालाई औपचारिक बनाएको थियो |
राईहरुको यो सङ्गठनले आउँदो मई महिनामा विभिन्न राज्यमा मनाइने उभौली साकेला पर्वको मिति घोषणा गरेको छ, जस अनुसार मई १४ मा मेरिल्याण्ड राज्यको रिभरडेलमा, मई २१ मा पेन्सिलभेनियाको इरीमा र मई २९ मा म्यासाचुसेट्स राज्यको स्प्रिंगफिल्डमा हुने भएको छ |
प्रकृतिको र जननी भूमिको पूजा गर्ने चलन राईहरुले प्राचिन कालदेखि मान्दै ल्याएको छ र अमेरिका बसोबास पछीपनि भुटानी किराँत राईहरुले यो पर्व २०१३ साल देखि नै मानिल्याएका छन् |
उक्त सङ्गठनले जारि गरेको यो विज्ञप्ति अनुसार म्यासाचुसेट्समा मनाइने साकेला- २०१६ केन्द्रीय तहको हुनेछ |