Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारकारको ठक्करबाट एक भूटानीको मृत्यु

कारको ठक्करबाट एक भूटानीको मृत्यु

यही बुधबार विहान उत्तर क्यारोलिनाको रिलेमा पुनर्स्थापित एक ६८ वर्षीय भुटानीलाई  सडक पार गर्ने क्रममा एक सवारी साधनले ठक्कर दिएको छ ।

मृतक पौडेल आफ्नी श्रीमती र छोरा अभिको साथ l तस्बिर स्रोत: अभिको फेसबुक पृष्ठ

पुनर्बास सँस्था आइ.ओ.एमको सहयोगमा २००८ मा शनिश्चरे शरणार्थी शिविरबाट रिलेमा पुनर्स्थापित भएका नन्द्रलाल पौडेल नजिकैको विद्यालयमा दैनिक अङ्ग्रेजी भाषा सिक्थे । हाम्रा समाचारदाताका अनुसार उनलाई तत्काल नजिकैको वाक्मेट अस्पतालमा लागिएको थियो जहाँ डाक्टरहरुले बिहानको  करिव ९:२० उनलाई मृत घोषित गरेका थिए  ।

परिवार जनालाई उदृत गर्दै हाम्रा सम्बाददाताले भनेका छन् कि स्वर्गीय पौडेलको यही शुक्रबार हिन्दु परम्परा अनुरुप दाहसंस्कार गरिने छ   ।

उता रिले बासी भूटानी हरुले एउटा आकष्मिक भेलामार्फत मृतक पौडेलको दाहसंस्कारकालागि सहयोगार्थ प्रति परिवार एक सय डलर संकलन गर्ने निर्णय गरेको समाचार प्राप्त भएको छ  ।

अमेरिका आउनुपूर्व पौडेल भुटानको दागानाबाट बिस्थापित भई भूटानी शरणार्थी शिविका  र शनिश्चरेमा बसोबास गर्दै आएका थिए   ।