पदम काफ्ले
सिड्नी, अस्ट्रेलिया
भूटानी समाज अस्ट्रेलियाका उदयमान युवा गजलकारहरुको संयुक्त प्रयासमा ‘’कंगारुको देशबाट’ नामक गजल सङ्ग्रह चाँडै नै प्रकाशित हुने तयारीमा रहेको छ ।
प्रकाशकहरुका अनुसार अस्टेलियाका विभिन्न प्रान्तमा बसोबास गर्दै आएका नेपाली मूलका भूटानी गजलकारहरुले तीन पुस्ताका गजलहरु संकलन गरी उक्त कृति प्रकाशन गर्न लागिएको हो । क्रिएटिभ सर्कल अस्ट्रेलियाले प्रकाशनमा ल्याउन लागेको उक्त कृतिमा २५ जना गजलकारहरुको २०३ वटा गजलहरु समेटिएका छन् ।
भूटानभित्र, नेपालका विभिन्न शिविरमा छँदा र तेस्रो मुलुक पुनर्वासँगै नेपाली भाषी भूटानीहरुले निरन्तर गुणस्तरीय नेपाली साहित्यिक कृतिहरु प्रकाशन गरिरहेका छन् । गजल संग्रह ‘’कंगारुको देशबाट’ ले पनि नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउने नै विश्वास गरिएको छ ।
कृतिको सम्पादन दुर्गा रिमालले गरेका छन् भने कार्यकारी सम्पादकहरुमा प्रकाश धमला, रिमेन आलोक र छत्र दंगाल रहेका छन् । यही आउँदो १५ अक्टोबरमा अस्ट्रेलियाको मेलबोर्न सहरमा आयोजना हुने एक भव्य सांस्कृतिक कार्यक्रमबिच उक्त कृतिको विमोचन हुने कुरा आयोजक मध्येका झगेन धिमालले जानकारी दिए ।