राजेश कोइराला:
न्यु ह्याम्सर । आर्थिक वर्ष २०१३/१४ को अन्त्यसम्म अमेरिकामा ७८ हजार ७७२ भूटानी पुनर्स्थापित हुनुभएको छ । अमेरिकाको आ.व. अक्टोबर १ मा शुरु भएर अर्को वर्षको सेप्टेम्बर ३१ मा सकिन्छ ।
सन् २०१३ अक्टोबर १ मा शुरु भएर सन् २०१४ सेप्टेम्बर ३० मा सकिएको आर्थिक वर्ष (आ.व.) मा ८ हजार ४ सय ३४ जना पुनर्स्थापित हुनुभएको छ । अघिल्लो आ.व. (सन् २०१२/०१३) मा अमेरिकामा मात्र ९ हजार १ सय ३४ जना पुनर्स्थापित हुनुभएको थियो । अघिल्लो आ.व. (सन् २०१२/०१३) भन्दा यस आ.व. (सन् २०१३/०१४) मा ७ सय कम पुनर्स्थापित हुनुभएको छ ।
अमेरिकाले भूटानी मात्र होइन, विभिन्न देशबाट शरणार्थी पुनर्स्थापना गर्छ । सन् १९७५ अमेरिकाले औपचारिक रूपमा शरणार्थी पुनर्स्थापना थालेको हो । सन् २०१४ सम्म अमेरिकाले करिब ३३ लाख शरणार्थी बसोबास गराइसकेको छ ।
अमेरिकाको कुन राज्य र त्यसका कुन शहरमा कति जना भूटानी पुनर्स्थापित हुनुभएको हो भन्ने पूर्ण विवरण ज्ञानज्योति केन्द्रको प्रकाशन ‘अक्षरिका मासिक’ मा हेर्न सकिनेछ ।
यो सङ्ख्या अमेरिकी सरकारले ल्याएर पुनर्स्थापना गराएको ठाउँअनुसारको सङ्ख्या हो । अमेरिकामा एक राज्यबाट अर्को राज्य वा ठाउँबाट अर्को ठाउँमा बसाई सर्न पाइने भएकाले अहिले यही सङ्ख्यामा भूटानीहरुको त्यहीँ बसोबास नभएको हुनसक्छ ।