Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारआमरण अनसनमा सहभागी महिलालाई आर्थिक सहयोग

आमरण अनसनमा सहभागी महिलालाई आर्थिक सहयोग

पहिचान र सहायता माग गर्दै अघिल्लो महिना आमरण अनसनमा बसेका भुटानी शरणार्थी महिलालाई पुनर्बास भएका भुटानीको परोपकारी संस्था पुण्य फाउण्डेसन , भुट्निज कम्युनिटी नेदरल्याण्ड र विभिन्न मुलुक पुगेका १५ शरणार्थीले चारसय १० अमेरिकी डलर सहयोग गरेका छन् ।

संयोजक दुर्गादेवी विष्ट आफ्ना साथीहरुलाई रकम हस्तान्तरण गर्दै

बाह्रदिनसम्म चर्को अस्वस्थतासँग जुध्दै आमरण अनसनमा बसेका शरणार्थी महिलालाई सहयोग एवं सहानुभूति स्वरुप सो रकम उपलब्ध गराइएको जनाइएको छ ।

भूटान मिडिया सोसाइटीले संकलित रकम आमरण अनसनमा बसेका सबै ११ शरणार्थी महिलालाई विहिवार जनही दुइहजार सातसयका दरले बितरण गरिएको छ ।

गएको नोभेम्बर १५ देखि १२ दिनसम्म शरणार्थी महिलाले गरेको आमरण अनसन शरणार्थी समन्वय एकाईले पाँच महिनाभित्र उनीहरुका माग पूरा गर्ने प्रकृया शुरु गरिने लिखित प्रतिवद्धता ब्यक्त गरेपछि स्थगित गरिएको थियो ।

यसैबीच पहिचान र सहायता माग गर्दै आमरण अनसनमा बसेको शरणार्थी महिला समुहकी संयोजक दुर्गादेबी बिष्टले सहयोग गर्ने ब्यक्ति र संस्थालाई धन्यबाद दिएकी छिन् ।