न्यु ह्याम्सर – ‘अक्षरिका’ नेपाली न्युजलेटरले अमेरिकी नागरिकताको परिक्षाका प्रश्न-उत्तर नेपालीमा तयार पारेको छ । अमेरिकामा नजन्मेको र यहाँ बस्ने विचार भएको नेपाली-भाषीलाई सहयोग पुगोस् भनी यो तयार पारिएको हो ।
सामान्यतः अमेरिकी नागरिकता पाउन तपाईं स्थायी बासिन्दा भएको पाँच वर्ष हुनुपर्छ । भूटानी शरणार्थीको हकमा अमेरिका भित्रिएको पाँच वर्ष हुनुपर्छ । सो अवधि पुग्नुअघि ४ वर्ष ९ महिनामा नागरिकताका लागि आवेदन युएस सिटिजनशिप एन्ड इमिग्रेसन सरभिसेस् (युएससिआइएस) मा दिनुपर्छ । सन् २००८ मार्चमा अमेरिकामा भूटानी शरणार्थीको पहिलो समूह आएको हो । यो प्रश्न-उत्तर उहाँहरूलाई बढी लक्षित गरेर तयार पारिएको हो । सन् २०१३ जनवरी अन्तिमसम्म अमेरिकामा ६३ हजार ९ सय ७६ भूटानी पुनर्स्थापित भइसक्नुभएको छ ।
नागरिकताका लागि आवेदन दिएपछि युएससिआइएसका अधिकारीले आवेदकको अन्तर्वार्ता लिन्छन् । अंग्रेजी भाषाको साधारण परीक्षा र नागरिक-शास्त्रको परीक्षासमेतको नेचरलाइजेसन टेस्ट उत्तीर्ण गर्नुपर्छ ।
परीक्षामा प्रश्न अंग्रेजीमा सोधिनेछ र जवाफ पनि अंग्रेजीमै दिनुपर्नेछ । यसले नेपाली-भाषीलाई प्रश्न-उत्तर बुझ्न सहायता गर्नेछ ।
नागरिक-शास्त्रको परीक्षा इतिहास र सरकारसम्बन्धी हुन्छ । यसमा १ सय संभावित प्रश्न छन् । युएससिआइएसका अधिकारीले यी एक सयमध्ये १० प्रश्न सोध्छन् । नागरिकताका आवेदकले १० मध्ये कम्तिमा ६ प्रश्नको सही उत्तर दिनुपर्छ ।
युएससिआइएसले ती प्रश्न र उत्तरहरू विभिन्न तरिकाले आफ्नो वेबसाइट www.uscis.gov मा उपलब्ध गराएको छ । त्यस्तै वेबसाइटमै प्रश्न र उत्तरहरू सुन्न-मिल्ने तथा खेलेर पढ्न पाता-पातामा एकातर्फ प्रश्न र अर्कोतर्फ उत्तर भएको पनि पाइन्छ । युएससिआइएसले यस्ता सामग्री स्पेनिश र अन्य भाषाहरूमा प्रकाशित गरेको छ । तर नेपाली-भाषामा प्रकाशित गरेको छैन । ‘ज्ञान ज्योति केन्द्र’बाट प्रकाशित यो पुस्तिकामा अनौपचारिक नेपाली अनुवाद गरिएको छ । प्रत्येक प्रश्न र उत्तरहरूलाई सँग-सँगै राखिएको छ ।
यी प्रश्न-उत्तर ‘ज्ञान ज्योति केन्द्र’को यो लिंकमा उपलब्ध छ – http://www.gyanjyotikendra.
यी प्रश्नको अनुवाद ‘अक्षरिका’का सम्पादक राजेश कोइरालाले गरेका हुन् भने सम्पादन डग हलले गरेका हुन् ।


हुन त एस्ता अनुवादहरु अगाडिनै कुनै-न-कुनै माध्यमबाट समाजमा नआएका त हैनन् तर मिडियाबाटै आएको भने पक्कै पहिलो हुनुपर्छ र सबै जमर्का सह्रानीय नै हुँदा हुँदै यसरी सार्वजनिक माध्ययमबाट आउनु पक्कै महत्व राख्छ होला।
एती ठूलो प्रयासमा अनुबादकले अंग्रेजी उच्चहरणलाई पनि नेपाली लिपीमा अनुवाद गर्न भ्याएको भए सुनमा सुगन्धै हुन्थियो होला!
धन्यवाद!
Thank you so much for your great work. It helps a tons of bhutanese to pass the test. Once again thanks for posting in this site. 🙂