अमेरिकी प्रजातन्त्र तथा विश्व मामिला सम्बन्धि उप-मन्त्री मारिया ओटेरोले आज देखि शरणार्थी मामिला सम्बन्धि क्रमश: भारत, भुटान र नेपालको भ्रमण तय गर्नु भएको छ ।
उहाँले आजदेखि शुक्रबारसम्मका लागि भारतको भ्रमण सुरु गर्नु भएको छ । भारतमा रहँदा उहाँले तिब्बती शरणार्थीको मुद्दा उठाउनु हुने प्रेश ट्रष्ट अफ इन्डियाको अनलाइन संस्करणले आज जनाएको छ ।
भारतको भ्रमण लगत्तै शुक्रबार नै भूटान पुगेर त्यहाँका प्रधानमन्त्री जिग्मे वाइ थिन्ले लगायत अन्य उच्च सरकारी अधिकारीसंग शरणार्थी मामिला सम्बन्धि छलफल गर्ने बताइएको छ । ओटेरो ती दुई देशको भ्रमण सकेर आईतबार नेपाल आउनुहुनेछ ।
नेपालमा रहँदा उहाँले प्रधानमन्त्री लगायतसँग भूटानी शरणार्थी समस्याका विषयमा छलफल गर्नुहुने संस्करणले जनाएको छ ।
यद्यपी ओटेरोले नेपालमा रहँदा भूटानी शरणार्थी शिविरहरुको भ्रमण गर्ने कार्यक्रम भने तय भएको छैन ।