Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsअमेरिकामा मात्र ७० हजार भूटानी पुनर्स्थापित

अमेरिकामा मात्र ७० हजार भूटानी पुनर्स्थापित

न्यु ह्याम्सर । अमेरिकामा सन् २०१३ सेप्टेम्बर अन्त्यसम्म ७० हजार ३ सय ३८ भूटानी पुनर्स्थापित भएका छन् । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का अनुसार सन् २०१२ अक्टोबर १ मा सुरु भई सन् २०१३ सेप्टेम्बर ३० मा सकिएको आर्थिक वर्षमा ९ हजार १ सय ३४ जना पुनर्स्थापित भएपछि यो संख्या७० हजार कटेको हो ।

न्यु ह्याम्सरको कंकर्डमा पुनर्बासित भूटानीहरु। तस्विर: राजेश कोइराला
न्यु ह्याम्सरको कंकर्डमा पुनर्बासित भूटानीहरु। तस्विर: राजेश कोइराला

अमेरिकाले राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय, अन्तर्राष्ट्रिय आप्रवास संगठन र अष्ट्रेलिया, क्यानडा, नेदरल्याण्ड्स, डेनमार्क, नर्वे, न्यूजिल्याण्ड र बेलायतको सहकार्यमा सन् २००८ मार्चमा सुरु गरेको पुनर्स्थापना प्रक्रिया अद्यापि जारी छ ।

हालसम्मका सबै वर्षको तथ्यांक हेर्दा एक आर्थिक वर्षभित्र पुनर्स्थापित हुनेको संख्या सन् २०१३ मा सबभन्दा कम देखिन्छ ।

अहिलेसम्म विश्वका ८ मुलुकमा पुनर्स्थापित भूटानीको संख्या करिब ८३ हजार पुगेको छ । नेपालका शरणार्थी शिविरमा रहेका करिब २६ हजारले आफू पुनर्स्थापनामा जान मञ्जुरी दिइसकेका र उनीहरूका लागि पुनर्स्थापनाको काम शुरु भइरहेको छ भने बाँकी १२ हजारले के गर्ने टुङ्गो गरेका छैनन् ।

अमेरिकाले कूल पुनर्स्थापितमध्ये करिब ८७ प्रतिशतलाई एक्लै बसोबास गराएको छ । बढी भूटानी शरणार्थी पुनर्स्थापित गरिएका पाँच अमेरिकी राज्यः पेन्सलभेनिया, टेक्सास, न्युयोर्क, जर्जिया र ओहायो हुन् ।

सौजन्यः राजेश कोइराला