Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचार'अमेरिकामा बसोबास' पुस्तक संस्थाहरूलाई निःशुल्क

‘अमेरिकामा बसोबास’ पुस्तक संस्थाहरूलाई निःशुल्क

न्यु ह्याम्सरको ज्ञानज्योति केन्द्रद्वारा प्रकाशित ‘अमेरिकामा बसोबास (सहयोगी पुस्तक)’ नामक किताबका केही प्रति नेपाली-भाषी भूटानीहरूको पुनर्स्थापना गराइरहेका पुनर्वास संस्था तथा भूटानीहरूका सामूहिक संस्थाहरूलाई निःशुल्क वितरण गरिंदैछ । यो अमेरिकाभरका संस्थाहरूका लागि हो ।

सन् २०१२ फेब्रुअरीमा प्रकाशित यो सहयोगी पुस्तक नेपाली र अंग्रेजी भाषामा छ । यसमा १९ अध्याय छन् र अमेरिकामा बसोबास गर्दा चाहिने ३ सय ५० जति सहयोगी विषयहरु समावेश छन् । पुस्तक २२४ पृष्ठको छ ।

भूटानीहरूका संस्थाहरूलाई पुस्तक चाहिएमा संस्थाको नाम, संस्थालाई पुस्तक पठाउने ठेगाना लेखी निम्न ठेगानामा पत्र पठाउन सक्नुहुन्छः

Gyan Jyoti Kendra
49 Lane Road, Chichester
NH 03258

पुस्तक चाहिए इमेल गर्न चाहनेले यो ठेगानामा संस्थाको नाम, संस्थालाई पुस्तक पठाउने ठेगाना यस इमेलमा पठाउन सक्नुहुन्छः [email protected]

यो पुस्तक एक संस्थाका लागि एक प्रति उपलब्ध हुनेछ, व्यक्तिका लागि होइन ।

पुस्तक किन्न चाहनेले  http://gyanjyotikendra.org  मा गएर ‘पुस्तकको माग’ वा Order Books मा क्लिक गर्नुहोस् । त्यहाँ क्रेडिट/डेबिट-कार्ड वा चेकमार्फत किताब पाउने तरिका उल्लेख छ ।

खासगरी अमेरिकामा पुनर्स्थापित भूटानीहरूका लागि उपयोगी यो पुस्तक डगलस हल र राजेश कोइरालाले तयार पारेका हुन् ।

अमेरिकामा प्रकाशित नेपाली न्युजलेटर ‘अक्षरिका’ का सम्पादक कोइरालाले दुई दशकभन्दा बढी पत्रकारिता गरेका छन् भने नेपालमा सन् १९६०-७० को दशकमा करिब ६ वर्ष पिसकोर स्वयंसेवक रहेका हलले शरणार्थीहरूका लागि सन् २००८ मा ‘अ कन्साइज इंगलीश-नेपाली नेपाली-इंगलीश डिक्शनरी’ प्रकाशित गर्दै आएका छन् ।

अमेरिकामा सन् २०१२ डिसेम्बर ३१ सम्म पुनर्स्थापित भूटानीहरूको संख्या ६३ हजार ५ सय २४ पुगेको छ ।