Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsअमेरिकामा बसोबास नामक पुस्तक अब निःशुल्क

अमेरिकामा बसोबास नामक पुस्तक अब निःशुल्क

पुस्तकको अावरण
पुस्तकको अावरण

न्यु ह्याम्सर । ज्ञानज्योति केन्द्रद्वारा प्रकाशित १४ डलर मूल्य पर्ने  सहयोगी पुस्तक ‘अमेरिकामा बसोबास’ यसपटक अक्षरिकाका पाठकलाई निःशुल्क प्रदान गरिने भएकोछ ।

उक्त पुस्तक पाउन अक्षरिकाको सेप्टेम्बर २०१३ अंकमा समावेश गरिएको एउटा फारम भरी हुलाकबाट पठाउनु पर्ने कुरा केन्द्रले अल्लेख गरेको छ। साथै इ-मेलमार्फत पुस्तक मगाउन चाहने ब्यक्तिले केन्द्रसंग सम्पर्क राख्न उसले अनुरोध गरेकोछ।

पुस्तक सीमित संख्यामा भएकाले जसको पत्र वा इमेल पहिला प्राप्त हुन्छ उसैले पुस्तक पाउने साथै पुस्तक उपलब्ध भएसम्म एक परिवारलाई एउटा प्रदान गरिने कुरासमेत केन्द्रले जनाएकोछ  ।

‘अमेरिकामा बसोबास’ (सहयोगी पुस्तक) अमेरिकामा पुनर्स्थापित नेपाली-भाषी भूटानी शरणार्थीहरूको सहयोगका लागि सन् २०१२ फेब्रुअरीमा प्रकाशित भएको हो । यसका २ सय २४ पृष्ठमा विभिन्न ३ सय ५० उपयोगी विषयका जानकारी छन् ।

सौजन्यः राजेश कोइराला