छाप्रा निर्माणको माग गर्दै अग्नि पीडित शरणार्थीले हिजो शिविरमा धर्ना तथा कार्यालयमा तालाबन्दी गरेका छन् ।

आगलागी पीडित १ सय १ परिवारले आफूहरुले पहिले घर जलेको स्थानमा छाप्रा निर्माण हुनु पर्ने माग राखी दवाव सृजनाका लागि शरणार्थी दातृ निकायको गाडीलाई रोक लगाएको पीडितका अगुवा नरबहादुर गुरुङ्गले बताउनु भयो ।
आफू्हरुले पहिलेकै स्थानमा बस्ने व्यवस्था गरिदिन माग गर्दै अग्नि पीडितहरुले शिविर व्यवस्थापन समिति, शिविर सुपरिबेक्षक, विश्व लुथरन फेडरेशन, यूएनएचसीआर फिल्ड एशिस्टेन्ड लगायतका कार्यालयमा तालाबन्दी गरेका छन् ।
आफ्ना मागहरु सम्बोधन नभएसम्म दातृ निकायको कार्यालय तथा शिविर प्रवेश नाकामा लगाएको बेरा नखोल्ने प्रतिनिधि रेनुका प्रधानले बताउनु भयो ।
तालाबन्दी गरेपछि अग्नी पीडित शरणार्थीहरुले यूएनएचसीआर कार्यालय शिविर अगाडि बाँस तेर्साएर रिले अनसन शुरु गरेका छन् ।
पीडितहरुले आफूको घर जलेको स्थानमा बस्न पाउनु पर्ने, छाप्रा निर्माणका सामाग्री चाँडो उपलव्ध गराउँनु पर्ने लगायतका माग गरेका छन् ।
सौजन्य ः डिकेश लामा, बेलडागी–२