Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारअग्निपीडितलाई थप राहत

अग्निपीडितलाई थप राहत

बेलडाँगीमा भएको आगलागीमा परी विचल्नीमा परेका ५६ परिवारलाई आज विश्व लुथरन महासंघले राहत प्रदान गरेको छ ।

एक जना पीडित कारितास नेपालबाट राहत ग्रहण गर्दै

महासंघले प्रत्येक परिवारलाई थाल, गिलास ४-४ थान, भाँडा ३, डाडु पन्यू १-१ फोहोर व्यवस्थापन भाँडा १ वितरण गरेको क्याम्प व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यसैगरी पञ्चवटी विद्यालयको भवनमा सामुहिक रुपमा बसेका पीडित शरणार्थीको सुरक्षाका लागि थप ८-८ वटा लालटिन र टर्च लाइट उपलव्ध गराएको छ ।

यसैगरी क्याम्प व्यवस्थापन समितिको अगुवाईमा शसस्त्र प्रहरी, विश्व लुथरन महासंघ, आम्दा नेपाल, क्याम्प रेखदेख समिति, हयाप्पी नेपाल लगायतका संस्थाका प्रतिनिधिले आगलागी भएको क्षेत्र सरसफाई गरेका छन् ।

शुक्रबार नेपाल सरकार जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रति परिवार १ हजार नगद, विश्व लुथरन महासंघ, नेपाल रेडक्रस सोसाइटी, विश्व खाद्य कार्यक्रम लगायतले पीडित शरणार्थीको बसाईको व्यवस्थापनका सामग्री प्रदान गरेको थियो ।

विहीबार राती भूटानी शरणार्थी शिविर बेलडाँगीमा भएको आगलागीमा १४ लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ भने आगलागीमा परी १३ बालबालिका, ५ जना अपाङ्ग सहित २ सय ४१ जना विचल्लीमा परेका छन् ।

पीडित शरणार्थीहरुलाई पञ्चवटी विद्यालयको ६ वटा शाखा भवनमा सुताउने र क्याम्प व्यवस्थापन समितिले सामुहिक खाना खुवाउने व्यवस्था गरेको समितिले जानकारी दिएको छ ।