News:

Simply register and once your membership is confirmed you can start to post

Main Menu

Tribute to Dr. Bhampa Rai

Started by BNS Forum, Jun 24, 2022, 11:20 AM

Previous topic - Next topic

BNS Forum

bhampa (1).jpg

Dr. Bhampa Rai, one of the highly cherished civil rights leaders from the exiled Bhutanese community passed away recently. He was based in Nepal. Dr. Rai dedicated his life to others. Please feel free to share your memories, so it remains in the public archive.

Some media coverages about his passing and/or his contributions:
1. My Republica
2. Nepali Live Today
3. The Himalayan Times
4. BNS coverages from the archive 

Tributes to late Rai from the diaspora community:
1. Bhutanese Community in Harrisburg
2. Global Bhutanese Organization

RP Subba

#1
Obituary and a brief Bio-history of late Dr. Bhampa Rai.

Prepared by RP Subba to be read at the Memorial Service organized by Bhutanese Community of Harrisburg,PA on June 22, 2022 in honor of Dr. Bhampa Rai.Translated into Nepali and read by Bhakta Ghimire.

The untimely demise of Dr. Bhampa Rai on June 18, 2022; at the age of 72 is extremely saddening. He passed away during treatment at the Nobel Medical College Hospital in Biratnagar, Nepal. The news came as a shock to all Bhutanese in the refugee camps in Nepal and those in the diaspora as well as other non-Bhutanese people in Nepal. His deceased wife, late Urmila Pradhan Rai had passed away two years ago. Dr. Rai was living a lonely life physically and emotionally, in Damak, Jhapa after the demise of his wife.
   
Late Dr. Rai was born to father Aita Raj Rai and Mother Sun Maya Rai in Bara block, Samchi, Bhutan on February 1, 1950. He was the elder of the two sons. Dr. Rai is survived by his youngest brother Bal Raj Rai, thirteen years junior to him, presently resettled in Columbus, Ohio, USA. His two surviving sisters, among five, currently live in Bhutan.

Dr. Rai completed his MBBS degree from Guwahati University, Assam. He then went to Dhaka, Bangladesh to pursue advanced medical education. It is from Dhaka that he received the Fellowship of the Royal Colleges of Surgeons (FRCS), a professional qualification for practicing as a senior surgeon. 

After completing his education, the late Dr. Rai started working for the government of Bhutan in 1976. He was a surgeon at the Thimphu General Hospital, located in the capital city. He also served as a Royal surgeon for the members of the Royal Family of Bhutan. During his service, he was always a hardworking, dedicated professional. He earned great professional success and self esteem. He stayed in service until he left the country in 1990.

If he wanted, he could have chosen to stay purely as a private professional. But he decided to do something different. Dr. Rai was one of the early high profile personalities who voluntarily resigned from his position in government and joined his fellow citizens in a public struggle for justice. His resignation came amidst an upsurge of State violence, political repression and persecution of the Nepali speaking people in southern Bhutan. He firmly believed in 'change' as the only panacea for all the political ills that had afflicted Bhutan. It is this belief that motivated him to support the cause when the call was made for the institution of justice, for human rights and democracy in Bhutan.
 
Dr. Rai was among several refugee leaders who lobbied the government of Nepal and other international agencies in Kathmandu for urgent support and rehabilitation. The situation of the newly arrived refugees at the sandy banks of Kankai Mai in Maidhar at that time was very precarious. A small number of student volunteers were barely managing the camp. There was no proper organizational structure for managing assistance. Dr. Rai's entry just at this crucial time provided a major stimulus. He took over organizing the camp's management responsibility, formed committees, recruited volunteers, engaged supporters and led the camp. He deserves proper credit for his leadership during this crucial juncture in the life of early refugees. At a later stage, he was the one who initially came up with the idea and designed the 'juthelna' - the underground 'mud pit' used for washing kitchenware and other utensils in the camps, located outside every hut. It was a new innovation which made the Bhutanese refugee camps one of the cleanest and healthiest refugee camps in the world.

Dr. Saheb continued to serve the people for the next  32 years in various capacities. He was the founder and current Chairman of several organizations. As a public leader  he was very vocal and tireless in advocating for the cause of the people. Often, he tried to consolidate the different factionalized refugee groups into a united platform. But he is remembered more fondly for transforming his medical profession into a tool of selfless service to the needy, helpless and the poor. 'Service' was the creed of his life. He did not differentiate anyone. He touched many lives and saved many. He waived consultation fees, gave away free medicines and sometimes even transportation money to needy patients for returning home. Dr. Rai was the only person who the rickshaw pullers of Damak (those who knew him), it is said, did not charge any fare. The relationship was reciprocal. He used to treat them for free. His patients appreciate his diagnosis for its accuracy, and his treatments for its effectiveness. They may not be medical professionals whose opinions count but they are the ones who are sick and they know better how his treatments helped them. His deeds are always deserving of our appreciation and celebration. 

Dr. Rai was a jolly person with a perceptive sense of sarcasm and humor. He was kind and simple. Whenever he could, he visited his village even when he was in government service.  During such private visits, village people thronged around him in large numbers seeking medical attention. He did not hesitate to meet with them. He talked to them, consoled them, checked their health problems and even wrote prescriptions. No one returned unhappy. If time permitted, he played volleyball in the village school with villagers and school teachers. He was a good sportsman.

Dr. Rai strongly believed in a 'dignified repatriation' of the Bhutanese refugees to Bhutan - a cause which remained dear to his heart until his last breath, a dream which he now carries to his grave. To the Bhutanese refugees he was an icon of service, a true being of compassion, a trusted figure, the tallest of all. He earned nothing but the love and respect of his people. Our dear Dr. Bhampa is no longer with us, and we are deeply affected by the news of his sudden death. The loss is unspeakable.

In terrible grief we gather here today to say 'goodbye' forever. May the Almighty Lord protect your noble soul. May YOU Reign in Peace. 

_____
Below is the translation of the texts right above this line.

दिवंगत डा. भम्पा राईको संक्षिप्त जिवनी र शोकसन्देश

श्री आर.पी. सुब्बाद्वारा तयार पारिएको-यो शोकसन्देशका लागि उहाँलाई धन्यवाद !

जून १८, २०२२ का दिन बहत्तर वर्षमात्र पुगेका डाक्टर भम्पा राईको असामयिक निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । नेपालको बिराटनगरस्थित नोबल मेडिकल कलेजमा उपचार गराइरहेको अवस्थामा उनको निधन भएको हो । उनको निधनको यो समाचारले विश्वभरि छरिएर रहेका भूटानीहरु, नेपालका शिविरमा रहने भूटानी शरणार्थी तथा नेपालकै अन्य स्थानीयवासीहरुमा समेत बज्रपात गराएको छ । उनकी श्रीमती उर्मिला राईको पनि दुइवर्षअघि नै मृत्यु भइसकेको छ । उर्मिला राईको मृत्युपछि डा. राई झापाको दमकमा शारीरिक तथा मानसिक रूपले फगत एकलो जीवनयापन गरिरहेका थिए ।   

दिवंगत डा. राईको जन्म भूटानको सामची जिल्ला, बाँडा ब्लक अन्तरगत सन् १९५० को फेब्रुवरी १ तारिखको दिन बाबु अइतराज राई र आमा सनमाया राईको कोखबाट भएको थियो । अइतराज राईका दुइ छोराहरुमध्ये उनी जेठा थिए । डा. राईभन्दा १३ वर्षले कान्छा उनका भाइ बलराज राई, पुनर्वाश योजना अन्तरगत अहिले ओहायोको कोलम्बस क्षेत्रमा बसोबास गरिरहेका छन् । उनका पाँच दिदी-बहिनीमध्ये जीवित दुइजना भूटानमै जीवन रहँदै आएका छन् ।

डा. राईले आसामको गुवहाटी यूनिभर्सिटीबाट एसबीबीएस डिग्री गरेका हुन् । त्यसपछि उनी ढाकाको बंगलादेशमा गएर  सघन चिकित्सा शिक्षा हासिल गरेका थिए । ढाकाबाटै उनले सिनियर सर्जनको रूपमा व्यावसायिक अभ्यास गर्ने अध्येतावृत्ति 'फेलोसीप अफ् कलेजेस अफ् सर्जन्स' (FRCS) प्राप्त गरेका हुन् । 

चिकित्सा शास्त्रको अध्ययन सकेपछि सन् १९७६ देखि स्वः राईले भूटानको तत्कालीन सरकारको मातहतमा काम गर्नथाले ! भूटानको राजधानीमा अवस्थित थिम्पू जेनरल असपतालमा सर्जन बनेर उनी काम गर्दै गए । सोही दौरानमा उनले भूटानी राजपरिवारको चिकित्सकका रूपमा राजकीय सर्जन बनेर पनि काम गरे । यस समयको अन्तरालमा उनी सधैं परिश्रमी, समर्पित व्यवसायीको रूपमा रहेका थिए । सन् १९९० मा देशनिकालाको अवधिसम्म उनी सधैं समर्पित सेवाकर्मीका रूपमा रहे ।

यदि चाहेका भए उनले आफूलाई एउटा निजी व्यवसायीकै रूपमा रहन सक्थे । तर, उनले आफ्नो व्यवसायबाहेक केही फरक कुरा पनि गर्नचाहे । डा. राई शुरुवातकालमै आफ्नो सरकारी पदबाट राजीनामा दिएर भूटानी जनसमुदायको न्यायिक संघर्षमा सामेल भएका व्यक्ति हुन् । भूटानको तत्कालीन सरकारद्वारा चलाइएको राज्यातंक, राजनीतिक दमन र दक्षिणभूटानका नेपालीभाषी नागरिकहरुविरुद्ध ज्यादति चलिरहेकै बेला डा. राईको यो राजिनामा आएको थियो । 'परिवर्तन' नै देशलाई पिरोलिरहेको राजनीतिक विचलनको निर्विकल्प औषधी हो भन्ने कुरामा उनी दृढविश्वस्त थिए । उनको यही विश्वासले उनलाई भूटानमा भइरहेको न्यायिक तथा मानवाधिकारको आन्दोलनमा एउटा दर्बिलो समर्थक बनाएको थियो ।

देशनिकालामा परेका भूटानी नागरिकहरुलाई आपत्कालीन राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार र काठमाडौंस्थित अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरुलाई आह्वान गर्ने शरणार्थीका धेरै नेताहरुमध्ये डा. राई पनि एक थिए । त्यसबेला भर्खरै देशबाट उच्छेदित बनेर शरणार्थीका रूपमा आएका भूटानी नागरिकहरु कन्काई माईका बालुवाका थुप्राहरुमाथि बस्नुपर्ने कहाली लाग्दो अवस्था थियो । राहत र सहुलियतको व्यवस्थापन गर्ने कुनै संगठित संरचना थिएन । यही अवस्थामा डा. राईको प्रवेशले स्थितिलाई सहज गराउने ठूलो राहतको काम गरेको थियो । तत्कालीन परिवेशमा शिविरहरुको व्यवस्थापन गर्ने जिम्मेवारी लिँदै डा. राईले समितिहरु निर्माण गराए, स्वयंसेवक टोलीहरु बनाए, सहयोगीहरुलाई सामेल गराउँदै शरणार्थीहरुको नेतृत्व गरे ।
शुरुवातकालको शरणार्थीहरुको संकटापन्न जीवनलाई राहत प्रदान गर्ने दर्बिलो नेतृत्व दिएकोमा यो श्रेय डा. राईलाई सबैले दिनुपर्दछ । शिविरभित्र फोहोर-मैलाबाट उब्जिने सम्भावित हैंजा र महामारीबाट शरणार्थीहरुलाई जोगाउन हरेक छाप्रोका अगाडि जमीन मुनी जुठेल्नो बनाउने विवेक सर्वप्रथम डा. भम्पाकै थियो । उनको यो आविष्कारजन्य पहलले भूटानी शरणार्थी शिविरलाई विश्वको सफा र स्वस्थ शरणार्थी शिविरका रूपमा ख्याति पाएको थियो ।

डा. राईले शरणार्थीहरुलाई ३२ वर्षसम्म लगातार सेवा पुऱ्याए भने यसका साथै आफ्नो चिकित्सकीय पेशा पनि विशेष रूपमा लिएर हिँडे । उनले आफ्नो चिकित्सक पेशालाई पनि कतिपय ठाउँमा सेवाकै रूपमा उपयोग गरे । उनले धेरैको हृदय जिते भने कैयौंलाई बँचाए पनि । उनले परामर्श शूल्क लिएनन्, निशूल्क औषधी वितरण गरे अनि कतिपय शरणार्थीलाई शिविर फिर्ता जान गाडीभाडा समेत उपलब्ध गराए । भनिन्छ, दमकका स्थानीय रिक्सा चालकहरुले निशूल्क सवारी गराउने डा. राईमात्र एकजना व्यक्ति थिए । उनको यो नाता आत्मीयताको लेनदेनबाटै स्थापित भएको थियो । डा. राईले ती रिक्सा चालकहरुलाई निशूल्क उपचार गरिदिन्थे । उनको सेवाग्राहीका रूपमा आएका बिरामीहरुले डा. राईको जाँचबुझ गर्ने तरिका र प्रभावकारी उपचारको लागि सधैं प्रफुल्ल बनेर प्रशंसा गरे । डा. राईका प्रशंसकहरु कुनै चिकित्सा शास्त्रका विज्ञ नहुन सक्छन् तर, उनीहरु रोगी-बिरामी हुन् जसको स्वास्थ्यमा डा. राईको सौहार्द्र व्यवहारले पनि उपचार गरेको थियो ।

डा. राई हास्यकला, व्यंग्यकला र विषयपारंगत भएका रमाइला तथा मिलनसार व्यक्ति थिए । उनी आफू सरकारी सेवामै रहेका बेला पनि यथासम्भव आफ्नो गाउँतिर गइरहन्थे । उनी यसरी गाउँ पुग्दा गाउँलेहरु आफ्नो उपचार गराउन उनका वरिपरि घेरा लाग्दथे । ती गाउँलेहरुलाई भेट्न, कुरा गर्न डा. राई कहिल्यै हिच्किचाएनन् । उनीहरुसँग कुरा गर्ने, स्वास्थ्यस्थिति जाँच्ने, शान्तवना दिने र औषधी सिफारिश गरिदिनेसम्मका काम उनले गाउँ पुगेको बेला गरिदिन्थे । उनलाई भेट्न पुगेका जोकोही पनि बेखुशी बनेर फर्किनु पर्दैन'थ्यो । उनी खेलकुदप्रेमी पनि थिए । गाउँ पुग्दा उनी स्थानीय गाउँले र शिक्षकहरुसित भलीबल खेल्थे ।

डा. राई हरपल शरणार्थीहरुको 'ससम्मान स्वदेशफिर्ती'-को वकालत गर्दै सधै दत्तचित्त भई यही उद्देश्यमा क्रियाशील रहे । उनको धडकन स्पन्दनमा सधैं शरणार्थीहरुको सम्मानजनक स्वदेशफिर्ती रहेको थियो भन्ने कुरा उनीसित चिनजान हुनेजति सबैले बुझेकै कुरा हो ।

यो अठोट र विचार उनले जीवनको अन्तिम क्षणसम्म बोकेर गए । भूटानी शरणार्थीका लागि डा. राई धैर्य, विश्वसनीय, आदर-सम्मान र सेवाका लागि उभिएको एउटा प्रतिमूर्ति बनेर रहे भने हरेकको स्मृतिमा उनी यही रूपमा रहिरहने छन् । शरणार्थीहरुका लागि उनको व्यक्तित्व सबैभन्दा अग्लो छ । उनले जीवनमा केही कमाएनन्, अरुबाट केही लिएनन् तर, यथेष्ट  स्नेह र सम्मान  पाए, जीवनको शेषपछि पनि पाइरहने छन् । तर, भारी पीडाबोधका साथ भन्नुपर्छ अब उनी हाम्रो साथमा रहेनन् । डा. राईको त्यो स्नेहमयी अनुहार अब हामीले देख्न नपाउने भएका छौं । उनको यस्तो असामयिक निधनको खबरले हामीलाई विचलित बनाएको छ। भूटानी समाजको यो अपूरणीय क्षतिलाई शब्दहरुमा अभिव्यक्त गर्नै सकिँदैन । 

यो शोकको घडीमा हामी, विश्वभरि छरिएका भूटानीहरुको तर्फबाट डा. राईप्रति हार्दिक श्रद्धासुमन टक्राउँदै उनको आत्मले शान्ति प्राप्त गरोस् भन्ने कामनाका साथ श्रद्धाञ्जली अर्पण गर्दछौं ।   




   






 


BNS Forum

#2
Bio of late Rai

नाम: स्वर्गीय डा. भम्पा राई
जन्म स्थान: बाँडा ब्लक, सिब्सु सबसडभिजन, जिल्ला साम्ची भूटान ।
माता: विष्णुमाया राई
पिता: ऐतराज राई
जन्म मिति: सन् 05 फरवरी 1945/ बि.स. २००१ माघ २३ गते ।
मृत्यु: सन् १९ जून  २०२२ / बि.स. २०७९ असार ०५ गते ।

उनको प्राथमिक शिक्षा बाँडा प्राइमरी स्कूलबाट आरम्भ भयो । सिब्सुको गोलाबजार नजिकमा स्थापित 'भैरुपा धनराज पाठशाला' बाट आठौं कक्षा उत्तीर्ण भएपछि भारतको कुमुदिनी होम्स कालिम्पोङ भर्ना भएर दुई वर्षपछि दशौं कक्षा अर्थात् मेट्रिकको परीक्षा पास गरे । यसपछि भारतको गौहाटीबाट एमबिबिएस डा.बने । त्यसपछि उनी बाङ्गलादेशतर्फ लागे । 'बंगलादेश कलेज अफ फिजिशियन्स एण्ड सर्जन्स (BCPS) बाट Fellowship of  College Physicians and Surgoens ( FCPS) विषयमा सफल भएपछि उनी थिम्फू फर्किए । उनले सन् १९७६ मा थिम्फुस्थित 'Jigme Dorji Wangchuck National Referral Hospital' बाट सरकारी सेवा आरम्भ गरे । भूटानका चौथो राज  जिग्मी सिङ्गे वाङ्गचुकको नीजी सर्जन पनि थिए ।

सन् १९९० मा भूटानमा जातीय दमन हुँदा हजारौं नागरिकहरु देशबाट निष्कासन गरिएपछि आफ्नो जाति र समाजको रक्षाका खातिर उनी स्वेच्छाले देशबाट निस्किएर भारत प्रवेश गरे । त्यहाँ विभिन्न आश्रयस्थलमा बसेका निर्वासित भूटानीहरूको स्वास्थ्य उपचारमा संलग्न भए ।  जब भारतले पनि निर्वासित भूटानीहरुलाई नेपालतर्फ धकेल्यो तब उनी नेपाल प्रवेश गरी झापास्थित सुरुङ्गा बजारमा डेरा लिएर कोटीहोम क्षेत्रमा शरण लिएका भूटानीहरुको रेखदेखमा संलग्न भए । सँगसँगै शिविर व्यवस्थापनको जिम्मेवारी पनि उनैले लिए । यसपछि उनी दमकमा सरेर सानो क्लिनिकबाट आफ्नो सेवालाई निरन्तरता दिए । उनले असहास निर्वासित भूटानीलाई निश्वार्थ रुपमा निशूल्क उपचार गरे । स्थानीय गरीब जनताले पनि उनीबाट निशुल्क उपचार प्राप्त गरे ।

कोटीहोम क्षेत्रमा शरणार्थीहरूको ओइरो लागेको समयमा स्वास्थ्य सेवामा सहयोग पु-याउने उद्देश्यले भूटानबाट आएका अनुभवी डाक्टरहरू संगठित भइ डा.भम्पा राईकै अध्यक्षतामा 'भूटान हेल्थ एसोसिएशन'(BHA) स्थापना गरेका थिए ।  यसपछि उनले भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिको अध्यक्षता गरेर सबै निर्वासित भूटानीहरूलाई स्वदेश फर्काउने अभियानमा जीवनको अन्तिम क्षणसम्म लागि रहे ।

यस अवधिमा उलने आफ्ना माता पिता दिदी, बहिनी सबैलाई गुमाए । उनकी आमा बिष्णुमाया राईको २०५४ र बाबु आइतराजको २०६४ निधन भएको थियो । दुई वर्षअघि मात्र उनकी जीवन संङ्गिनी उर्मिला प्रधान राईको निधन भयो । उनलाई विभिन्न रोगले सताएको थियो ।  सन् २०२२ जून १६ (बि.स. २०७९असार २ गते ) उनको दमकस्थित लाइफलाइन अस्पताल हर्निया र पाइल्सको सफल सल्यक्रिया भएको थियो ।  शनिबार १८ जून  २०२२ मा दिनको ३ बजेको समयमा स्वास फर्न असुविधा भए लगत्तै दमकस्थित लाइफलाइन अस्पताल लगियो । त्यहाँ उपचार हुन नसक्दा बिराटनगरस्थित नोबल मेडिकल कलेज शिक्षण अस्पतालमा बेलुकी भर्ना गरियो । दुर्भाग्यवश १९ जून २०२२ आइतबार बिहान १.४५ बजे उनको देहान्त भयो ।  आफ्नै जन्मभूमिमा जीवन उत्सर्ग गर्ने उनको चाहना अधुरै रह्यो । उनका कुनै छोराछोरी थिएनन् ।

This bio is prepared by Balaram Poudyal, President of the Bhutan Peoples' Party

BNS Forum

देश नटेकी बिदा भएका देशप्रेमी

प्रकाश आङदेम्बे

जनवरीको पहिलो हप्ता डा. भम्पा राईको बायोग्राफी तयार गर्ने अभिप्रायले डा. तारालाल श्रेष्ठ, डाक्टर राई र म भिडियो कलमा निकै लामो भलाकुसारी गरेका थियौँ । डाक्टर राईसँग जीवनकै अन्तिम संवाद त्यही भयो । त्यसअघि उहाँकै हातबाट कोभिडको दोस्रो लकडाउनको वेला शरणार्थी शिविर बेल्डाँगीमा मेरो कविता कृति 'म एउटा बिहान हिँडिरहेछु' र शिविरबाटै प्रकाशित साहित्यिक पत्रिका 'मुक्त'को सार्वजनिकीकरण गराएका थियौँ । भौतिक रूपमा उहाँसँगको मेरो अन्तिम सामीप्यता त्यही रह्यो । त्यसलगत्तै म नर्बेतिर लागेँ ।


गएको जुन ९ तारिखमा पनि उहाँले म्यासेन्जरमा कल गर्नुभएको थियो । म कक्षामा भएका कारण बोल्न सकिनँ । कक्षाबाट बाहिर निस्किएपछि कलब्याक गरेँ । तर, कल उठेन । सायद साह्रै बिसन्चो हुनुहुन्थ्यो । त्यसपछि हाम्रो संवाद हुन पाएन । असार ५ गते राति उहाँको निधन भयो । जुन समाचार नेपाल फर्किँदै गर्दा दुबई ट्रान्जिटमा थाहा पाएँ । सोचँे, उहाँलाई एकमुट्ठी माटो श्रद्धाञ्जलीस्वरूप दिन दमक गइहाल्छु । विडम्बना, काठमाडौं एअरपोर्टबाहिर निस्किँदा–निस्किँदै उहाँको अन्त्येष्टिका तस्बिर, भिडियो सामाजिक सञ्जालमा आइसकेका थिए । उहाँको भौतिक शरीरलाई बिदा गर्न भ्याइनँ । यसमा बडो खेद लागेको छ ।


०००
डाक्टर भम्पा राई भुटानी शरणार्थी स्वदेश फिर्ती अभियानका अभिभावक । लाखौँ भुटानी शरणार्थीहरू र दमकआसपासका गरिब, असहाय, मजदुरहरूका सेवक । एक साथी, एक डाक्टर, सच्चा देशप्रेमी, एक चिन्तक र मेरा लागि एक रोलमोडल । तत्कालीन दमक– १३, सेतुमारी रोडमा उहाँ र मेरो निवास थियो । भलै निवास किन किरायाको नहोस् । हाम्रो निवासबीचमा मात्र एक घर थियो । लगभग १० वर्ष हामी सँगसँगै बस्यौँ । प्रायः साँझ–बिहानको समय क्लिनिक जाँदा र फर्किँदा छोटो–मीठो कुराकानी भइरहन्थ्यो । कुनै पनि भेटमा उहाँले भुटान र शरणार्थीहरूका बारेमा चिन्ता र चिन्तन गर्न छाड्नुभएन । दसैँमा विशेष अग्रजको नाताले उहाँलाई भेट्न जान्थेँ । उहाँले दुई–तीनपटक मलाई माटोको टीका लगाइदिनुभएको छ, जुन माटो उहाँको भुटानमा अवस्थित आफ्नो आँगनको थियो । जुन बिम्बलाई मैले चलचित्र 'देश खोज्दै जाँदा'मा प्रयोग गरेको थिएँ ।


स्वदेश फिर्तीका लागि उहाँले गर्नुभएको संघर्षका गाथा । लाखौँ शरणार्थी आफन्तहरूलाई ३० वर्ष निःशुल्क स्वास्थ्य जाँच गरेको कुरा । इमान्दारिता, नैतिकता र इज्जतका लागि उहाँले लिनुभएको चट्टानी अडानसँग प्रायः सबै परिचित छन् । म ती विषयलाई दोहो¥याउन चाहन्नँ । मात्र उहाँसँगका केही अविस्मरणीय पलहरू छोटकरीमा राख्न चाहन्छु ।


०००
एकपटक मेरी बहिनीलाई हजारौँमा एकजनालाई मात्रै हुने एकप्रकारको रोग लाग्यो । पूर्वका सबै अनुभवी, नामी डाक्टरहरूलाई देखाइयो । उनीहरूले कति गर्दा पनि रोग पत्ता लगाउन सकेनन् । कैयौँ औषधिउपचारले पनि बहिनीको रोग २० को १९ भएन । बहिनी क्रमशः सिथिल हुँदै गइरहेकी थिइन् । अन्तमा डाक्टर राईकहाँ लग्यौँ । उहाँको सल्लाहअनुसार एक अस्पतालमा लग्यौँ । पटक–पटक ठीक नभएको बिरामी देखेर डाक्टरहरू अवाक भएका थिए ।

 

बिरामीसँगै डाक्टर राईलाई देखेर अन्य डाक्टरहरूले झुकेर अभिवादन गरे । डाक्टर राईले ती डाक्टरहरूलाई सबैको सामु भने, 'यो नानीलाई यो औषधि चलाऊ । केही भए म रिस्क लिन्छु । लेखेर दिनुपर्छ भने लेखेर पनि दिन्छु ।' उनीहरूले डाक्टर राईको कुरा काट्न सकेनन् र उहाँले भनेको औषधि चलाएँ । बहिनी क्रमशः निको हुँदै गइन् । अहिले बहिनी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका भएकी छिन् ।


दमकका प्रायः हस्पिटलमा कार्यरत डाक्टरहरू (अपवादबाहेक) आफूलाई  अरूभन्दा खतरा ठान्थे । उनीहरू प्रसंगवश कुरा गर्दै जाँदा डाक्टर राई शरणार्थी भएकाले उहाँको योग्यताको कुनै अर्थ नभएको कुरा गर्थे । एकपटक म त्यहाँको एउटा प्राइभेट अस्पतालमा बिरामी भएर तीन दिनजति एड्मिट भएँ । म बिरामी भएको खबर सुनेर डाक्टर राई अस्पतालमै आइपुग्नुभयो । ड्युटीमा भएका सारा डाक्टर, सञ्चालक समितिका सदस्य, कर्मचारीहरू उहाँलाई  सम्मान जनाउन हस्याङफस्याङ गर्दै आइपुगे । आउनेहरूमध्ये कतिपय उहाँकै कुरा काट्नेहरू पनि थिए । त्यतिखेर लाग्यो क्षमता, बौद्धिकता, निःस्वार्थता र इमान्दारिता आलोचनाभन्दा निकै अग्लो हुँदोरहेछ ।

 
भुटानी शरणार्थीहरूको तीनवटा ठूला शिविर दमक नगरपालिकाको बेलडाँगीमा थियो । अहिले पनि दुईवटा शिविर यथावत् छन् । त्यहीँ जाने मुख्य बाटो भएकाले दमक चोक उत्तरको बाटो बेल्डाँगी रोड भनेर चिनिन्छ । त्यही रोडको पूर्वपट्टि एउटा सामान्य क्लिनिक छ । त्यही क्लिनिकमा दशकौँदेखि डाक्टर राईले लाखौँ भुटानी शरणार्थी र आर्थिक अवस्था नाजुक भएका अति विपन्न नेपालीलाई ३० वर्षदेखि निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका थिए । यतिसम्म कि पैसा नहुनेलाई औषधि पनि निःशुल्क उपलब्ध गराउँथे । त्यही क्लिनिकमा पुरानो कागजको पन्नामा उहाँको भनाइ टाँसिएको थियो, 'सारा भुटान र भुटानीलाई ओत दिन सक्ने पृथ्वीजत्रो छाती तिमीसँग छ कि छैन ?' यो भनाइले म नेपाली हुँ, अमेरिकी हुँ, युरोपियन आदि हुँ भन्ने दम्भको अँध्यारोमा बाँचेर अरूलाई मान्छे नमान्ने प्रवृत्तिलाई गिज्याउँदै प्रश्न गरिरहेको जस्तो लाग्थ्यो ।


'अनि कि भाइ, एकपटक एकजना आमै आउनुभो । मैले कुरैकुरामा सोधेछु, के भो ? आमैले रिसाउँदै भन्नुभो, त्यही के भो भन्ने पत्ता लगाउन त यहाँ आको ? थाहा पाए किन डाक्टरकहाँ आउँथँे । यसो सम्झेँ, कुरा त सही हो ।' उहाँ कहिलेकाहीँ यसरी पनि ठट्टा गर्नुहुन्थ्यो ।


क्लिनिकमा उपचार गर्न आएका शरणार्थीहरूलाई प्रश्न गर्नुहुन्थ्यो, 'घर कहाँ हो ?' कसैले शिविरको ठेगाना र छाप्रा नम्बर बताउँथे । फेरि प्रश्न गर्नुहुन्थ्यो, 'यो त छाप्रा नम्बर हो, मैले घर सोधेको ।' अन्तमा उत्तर दिनेले भुटानको ठेगाना बताउँथे । 'घर र छाप्रा एकै होइन, दिमागमा राख्नू ।' उहाँ यसरी सम्झाउनुहुन्थ्यो ।

डाक्टर भम्पा राई भुटानी शरणार्थी स्वदेश फिर्ती अभियानका अभिभावक । लाखौँ भुटानी शरणार्थी र दमकआसपासका गरिब, असहाय, मजदुरका सेवक । एक साथी, एक डाक्टर, सच्चा देशप्रेमी, एक चिन्तक र मेरा लागि एक रोलमोडल ।


एकपटक साहित्यकार, कलाकार उपेन्द्र सुब्बाको खुट्टाको अप्रेसन गर्नुपर्ने भयो । हामी उहाँको क्लिनिकमा गयौँ । अप्रेसन गर्नुअघि सिजर हातमा देखाउँदै हामीलाई भन्नुभयो, 'हुन त जान्नेले यो घाउ बन्चरो, खुकुरी, हँसिया जेले पनि चिर्दा हुन्छ । तर, सबैभन्दा राम्रो कसरी, केले, कुन हतियारले, कम क्षतिमा चिर्न सकिन्छ भनेर लामो खोजपछि यो सिजर निर्माण भएको हो । भोलिका दिनमा यो सिजरभन्दा सजिलो सामग्री पनि आउँछन् । तपाईंहरु पनि साहित्य लेख्नुहुन्छ नि । कलम विभिन्न प्रकारका हुन्छन्, तर आफूलाई सहज लाग्ने कलम प्रयोग गरिन्छ । फेरि पनि कलम त माध्यम मात्र हो, साहित्य होइन । सिजर पनि सामग्री मात्र हो उपचार नै चाहिँ होइन ।' यसरी बोल्दाबोल्दै उहाँले दुई मिनेटभित्र हाम्रै अगाडि अप्रेसन गरिदिनुभयो । उहाँले उपचारबापतको शुल्क पनि लिनुभएन ।


भुटानी शरणार्थीहरूको तेस्रो देश पुनर्वासको चर्चा चुलिएसँगै उहाँले स्वदेश फिर्तीको आवाज दह्रो गरी उठाउनुभयो । पुनर्वासको विरुद्धमा सम्बन्धित संघ–संस्थालाई प्रश्न उठाउनुभयो । शिविरभित्रै केही अभियन्ता अज्ञात समूहद्वारा दिनदहाडै मारिन थाले । स्थानीय प्रशासनले पनि कुनै नराम्रो घटना नहोस् भनेर डाक्टर राईलाई 'माहोल ठीक छैन । राति नहिँड्नु होला । गोली चल्न सक्छ' भन्ने सुझाव दिएछ । प्रशासनको सुझाव उहाँले मान्नुभएन । बरु भन्नुभयो, 'हिँड्ने राति नै हो । यदि कसैले गोली नै हानिहाल्यो भने पनि अँध्यारोमै गोली मिस हुने चान्स धेरै हुन्छ ।'


वेलावेला उहाँ यस्तो पनि भन्नुहुन्थ्यो, 'ज्ञानको पनि आफ्नो सीमा हुँदोरहेछ । हुन त म आफैँ सर्जन हुँ । मैले लाखौँको अपे्रसन गरेँ । तर, आफ्नै अप्रेसन गर्न नमिल्दोरहेछ । दुनियाँलाई उपचार गरेर निको बनाएँ । तर, आफ्नै श्रीमती, परिवारका मानिसहरूलाई बचाउन सकिनँ । जिन्दगी यस्तै रहेछ भाइ ।'


अमेरिकाबाट नेपाल घुम्न आएका एकजनाले भने, 'अमेरिका गएपछि जति नै औषधि खाँदा पनि जाति भइनँ । पहिला शिविरमा हुँदा हजुरले दिने गरेको औषधि खाँदाचाहिँ निको भइहाल्थेँ ।' उनलाई डाक्टर राईले भन्नुभयो, 'तिम्रो शरीर यहाँको पञ्चतत्वले बनेको हो । त्यसैले यहीँ बनेको औषधिको असर अलिक राम्रोसँग भयो । अर्काको देशले जाबो शरीरको रोग त ठीक पार्दैन भने मनको रोग कसरी ठीक पार्छ ?'


भुटानको दुर्गम गाउँबाँडाबाट तीनजना ड्रुक्पाहरू उहाँको क्लिनिकमा उपचार गर्न आइपुगे । भुटानका अन्य भूभागबाट पनि यसरी नै उहाँलाई खोज्दै आउनेको लर्को लामै लाग्छ । उनीहरू इन्डियाको सिलगुडी, बागडुक्रा, कलकत्ता आदिका अस्पतालमा जान्छु भनेर आउँछन्, तर सुटुक्क डाक्टर राईको क्लिनिकमा उपचार गराएर फर्किन्छन् । ती आएका डु«क्पाहरू हेर्र्दै आर्थिक रूपले कमजोर देखिन्थे । उनीहरूलाई चेक गर्दै उहाँले भन्नुभयो, 'भाइ यिनीहरू पनि भुटानकै ड्रुक्पा हुन्, तर सीधासाधा । हामी शरणार्थी हुनुमा यिनीहरूको कुनै दोष छैन । दोष त सत्तामा बसेका डु«क्पाहरूको हो । उहिले मैले सेवा दिएको सम्झेर अझै पनि लुकीलुकी यहाँ आउँछन् । उताको सरकारले थाहा पायो भने यिनीहरूलाई पनि बेपत्ता बनाउँछ ।' उनीहरूलाई सम्झाउँदै भन्नुभयो, 'तिमीहरूले यता नेपालको सबै कागजपत्र इन्डियातिरै लुकाएर जानु नि । नत्र सरकारले मार्ला !' डु«क्पाहरूले टाउको झुकाएर हुन्छ भने । त्यसवेला झापामा हडताल भएकाले उनीहरू फर्किन सकेनन् । डाक्टर राईले नै क्लिनिकको म्यानेजरलाई भनी डु«क्पाहरूका लागि खानेबस्ने व्यवस्था मिलाइदिनुभयो ।


एकपटक शिविरका केही सेक्टरमा बिजुलीको लाइन जोडिएको थियो । फुसको छाप्रो, आगलागीको डर देखाउँदै स्थानीय प्रशासन र युएनएचसिआरले बिजुलीको लाइन काटिदिए । यही विषयलाई लिएर दमकमा मिटिङ बस्यो । डाक्टर राईले मिटिङमै भन्नुभयो, 'हामी शरणार्थीको जीवन त सुँगुर र ब्रोइलर कुखुराको भन्दा पनि तल्लोस्तरको रहेछ नि !' संस्थाका जिम्मेवार व्यक्तिले सोधे, 'कसरी ?' उहाँले भन्नुभयो, 'जाबो ब्रोइलर कुखुरा र सुँगुरको खोरमा त बिजुली हुन्छ ।' सम्झाउन आएका व्यक्तिहरू अनुत्तरित भए ।


दमक पूर्व सीतापुरीको कब्रस्तानमा उहाँको बाबाआमाको चिहान थियो । चिहानमा यस्तो भाव लेखिएको थियो, 'तपाईंहरूको भौतिक शरीर यो बिरानो माटोमा गाडिए पनि तपाईंहरूको आत्मा भने सधैँसधैँ भुटानकै लामीडाँडातिर हुनेछ है ।' पछि आदिवासी रंगशाला निर्माण गर्ने नाममा राज्यले त्यहाँको कब्रस्तान सबै भत्कायो । हजारौँ अन्य चिहानसँगै उहाँको बाबाआमाको चिहान पनि भत्कियो । यो घटनाबारे उहाँ भन्नुहुन्थ्यो, 'हामी त देशबाट लखेटिएका मान्छे । चिहान नभत्काऊ भन्न मिलेन । सरकारको निर्णय हो । मन त दुःखेको छ नि । तर, हाम्रो मन दुःखेर के हुन्छ ?'


डाक्टर भम्पा राई जसको सेवा हामीले लिइरह्यौँ र भनिह्यौँ, उनी शरणार्थी हुन् । बाँचुन्जेल हामीले टेक्नका लागि एक पाइला जमिन पनि उहाँलाई दिन सकेनौँ । धन्न मृत्युपर्यन्त चिहान भने दियौँ । सायद हाम्रो जीवित समाजभन्दा चिहानघारी केही सुन्दर होला । किनकि चिहानघारीमा नागरिकता खोजिँदैन ।

नयाँ पत्रिकाबाट साभार

BNS Forum

#4
Bhutanese in UK pay tribute

bhampa_UK.jpg

The Bhutanese Welfare Organization in the UK (BWA) organized a memorial service at King George's Park, Aston Inderlyne, Manchester today to pay tribute to late Dr. Rai.

The participants were mainly the executives and representatives from Ashton, Bury Rochdale, Bolton and Manchester.

The participants one after another expressed their memories with Dr. Rai in the camps and in his clinic. He was a good doctor, a charismatic leader and a guardian of the entire refugee community. On behalf of all the Bhutanese in the UK, the representatives expressed their heartfelt tribute to Dr. Rai and extended prayers through a minute silence for the peace of his soul.

BWA Chairperson Prem Giri said, "even though he does not exist with us anymore the thoughts and pathways that he has shown to us shall always remain in our minds and work towards achieving his dreams in the long run."

BNS Forum

एउटा जिज्ञासा बाँकी नै थियो डाक्टर साहेब!
गोपाल गडतौला
डा. भम्पा राई शरीर बिसाउन भुटानै फर्कन चाहन्थे। उनको यो इच्छा त पूरा भएन, तर भुटानमा मानव अधिकारको कुरा उठ्नासाथ उनको वैचारिक अडान सधैं मानकका रूपमा रहिरहनेछ। 

सन् २००६ को एउटा हिउँदे मध्याह्न। झापाको दमक पश्चिमको सीतापुरी जङ्गलमा बाबु आइतराजको शव अन्त्येष्टिको तयारी हुँदै गर्दा छेवैमा उभिएका उनले धेरैले सुन्ने गरी भनेका थिए, "म मर्दा पनि यसै गरी मलामी आइदिनुहोला है।" 

यो वाक्यले एकाएक त्यहाँ सन्नाटा छायो। त्यसपछि उनले प्लास्टिकको पोको खोले। माटो रहेछ। आधा जति बाबुको शवमा खन्याए। बाँकी फेरि पोको पारेर पत्नी उर्मिलालाई दिंदै भने, "राख यो, पछि हामी मर्दा चाहिन्छ।" त्यसको १४ वर्षपछि डा. भम्पा राईले उर्मिलालाई पनि गुमाए। बाँकी रहेकोमध्ये केही माटो उसै गरी उनको शवमा राखिदिए। सहोदर दिदीको चोला उठ्दा पनि उसै गरे।

केही महीनाअघि मात्र डा. राईले कुरैकुरामा भनेको सम्झिन्छु, "अलिकति माटो मेरो सिरानीमा अझै बाँकी छ, गड्तौला भाइ।" जवाफमा भनेथें, "धेरै अलच्छिन जगाउने कुरा नगरौं है सर।"

प्रिय डाक्टर साहेब, अब तपाईंलाई नै सोध्नुपर्ने एउटा प्रश्न बाँकी छ, "त्यो माटो आज तपाईंको साथ छ कि छैन?" मेरा बाँकी सबै जिज्ञाशा मैले फिर्ता लिएँ। तपाईंको चिर निद्रा बिथोलिएला, भो अब सोध्दिनँ। आज सोचिरहेछु– त्यो माटो टुहुरो भयो होला!

हजार पटक सुन्दासुन्दा कण्ठस्थ भइसकेको छ, भुटानको दक्षिणी साम्ची जिल्लामा रहेको डा. राईको आँगनको माटो हो त्यो। दमक नगरपालिका–९ स्थित उनको डेरामा उत्तरतर्फ सिरानी भएको खाटको दायाँ देवीदेवताको तस्वीर सामुन्ने कलशछेउ त्यो पोको सधैं हुन्थ्यो। म जान्दथें, आशीर्वाद लिन आउनेलाई निधारमा लगाइदिन र परिवारका सदस्यको निधन हुँदा शवमा माटो राखिदिन मात्र पोको खुल्थ्यो। लुकीछिपी दुई वटा अन्तर्राष्ट्रिय सीमा पार गर्दै साम्चीको बाँडाबाट आउने बिरामीले राईलाई उनको आँगनको माटो र फलफूल ल्याइदिन्थे।

मैले धेरै पटक समाचारमा 'कोट' गरेका भव्य र स्थिर व्यक्तित्व डा. राई अब सम्झनामा मात्र रहे। ७६ वर्षसम्म काललाई जितेका नामी चिकित्सक परोपकार र मानवताको बेग्लै परिचय बनाएर आइतबार बिहान २ बजेर ४० मिनेटमा लामो निद्रामा गए। अर्थात्, थिम्पुमा वाङचुक राजपरिवारका सदस्यहरूको नाडी छामेका उनले शरण लिएको मुलुकमै अन्तिम श्वास लिए। 

पारिवारिक तहमै विकास भइसकेको सम्बन्ध थियो, हाम्रो। मेरा आमा, बहिनी, नानीहरू र श्रीमतीको स्वास्थ्यबारे उनले राख्ने निरन्तरको चासोलाई म आशीर्वादका रूपमा हृदयमा साँचिरहनेछु। यति आत्मीय व्यक्तिको मृत्युको खबर सुन्दा मेरो हृदयका सबै तार एकैचोटि नमज्जासँग हल्लिए। शरीर चिसो महसूस भयो। फेसबूक मेसेन्जरमा फेरि हाँस्दै गफिने समय खोज्दै थिएँ। तर, तार चुँडियो, तारा खस्यो। मनभित्रको छटपटी बारम्बार भनिरहेछ– डा. राई, तपाईं लामो यात्रामा जानुहुँदा म टाढा भएकाले अन्तिम बिदाइमा उपस्थित हुन नसकेको पीडा म कसलाई सुनाऊँ?

यी शब्द लेखिरहँदा मलाई डा. राईसँग जोडिएका अनेकौं सम्झनाले एकोहोरो उचालपछार गरिरहेछन्। चिया र गुवापानका अम्मली उनको दमक–११ स्थित क्लिनिकमा जाँदा जाँदा म पनि पानको अम्मली भएको थिएँ। यही कोठामा उनी रोगीहरूको उपचार गर्थे। औषधोपचार गर्दा गर्दा अन्यत्र पैसा सिध्याएका र खर्च गर्ने ल्याकत नभएकाहरू मात्र प्रायः उनीकहाँ आउँथे, तिनमा बढीजसो वरपरका रिक्सा–ठेला गुडाउनेहरू, ज्यामी मजदूर र शरणार्थी शिविरका भुटानीहरू हुन्थे। 

राई उपचार गर्दागर्दै भुटानका एक-दुई कथा-किस्सा पनि सुनाउन भ्याइहाल्थे। त्यस्ता किस्सा असङ्ख्य पटक सुनेर होला, मलाई उनले तोदे खोलामा बल्छी थापेर माछा मारी पोलेर खाएको, पौडी खेलेको, घोडा कुदाएको, ढाकामा पढ्दा झगडा गरेको, भुटानी राजपरिवारका नातेदारहरूसँग नझुकी प्रस्तुत भएको, ढाका, आसाम, पश्चिम बंगाल र भुटानमा फूटबल खेलेको आफैंले देखे जस्तो लागिरहन्छ।

निरन्तरको अडान
दक्षिणी भुटानमा सरकारी दमनको पारो चढ्न थालिसकेको थियो। अनाहकमा नेपालीभाषीका बस्तीमा शासक पसेर खेदाउन थालेको चित्त नबुझेपछि राईले विरोध गरे, देश छोड्ने निधोमा पुगे। प्रशस्त खेतबारी र सम्पत्तिका हकदार उनका लागि अभावको जिन्दगी कल्पना बाहिरको कुरा थियो। तर, देश छोडेपछि एकैपटक घनघोर गरीबी र अभाव आइलाग्यो। कन्काई नदीको बगरमा हजारौंको सङ्ख्यामा रहेका शरणार्थी र वरपरका गाउँलेको उपचार गर्दा भोकप्यास ख्याल गर्ने फुर्सद थिएन। शरणार्थी शिविरहरू कसरी व्यवस्थित बनाउन र अभिलेख राख्न सकिन्छ भन्नेमा उनको ध्यान केन्द्रित थियो।

अनेक अवसर पन्छाउँदै भुटान फर्किने एकोहोरो अडानमा उभिन सक्नु लर्तरो कुरो थिएन। कतिपय वेला उनी मलाई दृढतापूर्वक सुनाउँथे, "सुन भाइ, हावाले पात हल्लाउँछ, पहाड होइन।"

देशलाई सधैं माया गरिरहने र आफ्नो अडानप्रति साह्रै इमानदार यी नेताको मुखबाट मैले एक प्रसङ्गमा सुनेको थिएँ, "मेरो घर भुटानमा छ, यो सत्य हो। अनि यो पनि सुन भाइ, सत्यलाई बहुमत, अल्पमत केहीले छुँदैन। असत्य र काइते तर्कलाई मात्र प्रमाणित गर्न अनेक प्रपञ्च गर्नुपर्छ जुन भुटान सरकारले गरिरहेको छ।" 

काठमाडौं, दिल्ली, बेल्जियम र न्यूयोर्कमा रहेका अन्तर्राष्ट्रिय कूटनीतिक अड्डाहरूलाई उनी आफू अध्यक्ष रहेको भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका तर्फबाट आफूहरूलाई देश फर्काउने पहल गरिदिन अनुरोध गरिरहन्थे। कसैले सुनोस् वा नसुनोस्, उनलाई फरक परेन। निर्णय लिनुअघि परामर्श गर्ने र निर्णय लिएपछि कहिल्यै नहल्लिने आदत थियो। थोरै सङ्ख्यामा भए पनि शरणार्थी घर फिर्न सक्नुपर्छ भन्ने उनको अडान स्थायी थियो। वैचारिक रूपमा दृढ तर दयालु डा. राईको शरीर बिसाउन भुटान जाने इच्छा त पूरा भएन। तर, भुटानमा मानव अधिकारको कुरा उठ्नासाथ मानकका रूपमा उनको अडान स्मरण नगरिरहन सकिन्न।

__
मंगलबार, ७ असार, २०७९, १८:०८:०० मा प्रकाशित
https://www.himalkhabar.com/news/130741?fbclid=IwAR09x3TQExggXUHJ3QkpQBkitX5RGgCishXJ_OWUYdg7j99Syni0yltwGrg

SMF spam blocked by CleanTalk
emas168 7winbet 7meter monsterbola abcslot playbet88 enterslots gaco 88 slot caspo777 ajaib88 rajacuan luxury333 gebyar123 vegashoki88 raja123 grup123 klikvegas pasar123 sakti123 obor138 cair138 sido247 omega89 merdeka138 gas138 dipo4d bos88 77lucks roma77.epizy.com dewagg zeus 138 star77 bo 138 istana77 mega138 nuke gaming slot cuan138 infini88 pg slot judi baccarat online togel idn poker online judi bola bola tangkas pragmatic play slot88 sbobet88 sbobet https://dgsports-mis.kp.gov.pk/.joker123/ slot deposit dana judi online