Homeनेपालीसमाचारइलिनोइसमा भूटानी समाजको औपचारिक कार्यक्रम, संस्कृतिक प्रस्तुतीले रौनकता थप्यो

इलिनोइसमा भूटानी समाजको औपचारिक कार्यक्रम, संस्कृतिक प्रस्तुतीले रौनकता थप्यो

इलिनोइसको भूटानी समाजले आफूलाई परिचित गराउने हेतुले एउटा खुल्ला कार्यक्रमको आयोजना गरेको छ | यही १७ अगष्टका दिन भएको कार्यक्रममा केही सांस्कृतिक झलकहरुसमेत देखिएका थिए |

कार्यक्रममा सहभागी भूटानीहरु | तस्बीर /दिना दाहाल |

समाजका कार्यक्रम संयोजक हस्त भट्टराईले दिएको जानकारीअनुसार इलिनोइस मानवीय सेवा विभागका प्रतिनिधि, प्रान्तीय शरणार्थी संयोजक, पुनर्बाससम्बन्धि संस्थाहरु, सामुदायिक संघ-संगठनहरु, सिकागो महानगरपालिकाको जेविस फेडेरेसन, संगठनहरुका कोष प्रदाता गरी करिव ३०० जनाले कार्यक्रममा सहभागिता जनाएका थिए |

उक्त अवसरमा समाजले भूटानी समुदाय, अन्य संगठनहरु र पुनर्बाससम्बन्धि संस्थाहरुलाई आफ्नो कार्यालयीय सुबिधा र कार्यक्रमहरुका बारेमा जानकारी दिएको थियो |

स्थानीय भूटानी कलाकारहरुको संस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई निक्कै रोमान्चित बनायो |

इलिनोइसको भूटानी समाजको स्थापना शरणार्थी पुनर्बास कार्यालयको आर्थिक सहयोगमा ओक्टोबर २०१० मा भएको हो | स्थापनाको प्रमुख लक्ष्य सामुदायिक नेतृत्वको सम्बर्द्धन गर्नु र स्थानीय क्षेत्रमा भूटानी समुदायका सामाजिक र आर्थिक अवश्यकताहरु पूरा गर्न पहल गर्नु रहेको जनाइएको छ |

भट्टराईले भूटान समाचार सेवालाई भनेका छन् कि उक्त भूटानी समाजले समायोजन र आर्थिक एकीकरण, ग्राहक सेवन, मूल्यांकन र परामर्श, जागिरसम्बन्धि व्यक्तिगत परामर्श र श्रम एकीकरणसम्बन्धि कार्यशाला, अभिभावक तथा यूवाहरुकालागि गतिविधिहरु, वृद्ध-वृद्धाहरुको सेवा, महिला सहकर्मी समर्थन, सांस्कृतिक कार्यक्रम र सामुदायिक सशक्तिकरण अनि नेतृत्व विकासका लागि कार्यक्रमहरु प्रदान गर्दछ |