प्रजातन्त्र तथा विश्वमामिलासम्बन्धी अमेरिकी उप-विदेशमन्त्रि मारिया ओटेरोले गत सोमबार नेपालका नवनिर्वाचित प्रधानमन्त्रि झलनाथ खनाललाई बालुटारमा भेटी शरणार्थी समस्याबारे चर्चा गरिन् । ओटेरोले प्रम खनालसित नेपालको जारी शान्तिप्रक्रिया र शरणार्थी समस्याबारे चासो दर्शाउँदै समस्या समाधानका लागि पहल गर्न नेपालले भूटानसितको अवरुद्ध द्विपक्षीय वार्ता पुनः शुरु गर्नुपर्ने जिकिर गरेकी छन् । प्रम खनालले पनि शरणार्थी समस्या सकेसम्म चाँड़ै समाधान गर्नेतर्फ नेपालको पहल हुने आश्वासन दिएका नेपाल सरकारका प्रवक्ता गंगालाल तुलाधरले जनाएका छन् ।
We recently launched so if you see any technical glitches please email us at: [email protected]
