मनीषको माया अल्बम

26644
1169

मनीष अधिकारी “माया” नामक म्यूज़िक भिडियोको एल्वम लिएर आउने भएका छन। भूटानको तकलाई व्लकमा जन्म लिई गोलधाप शरणार्थी शिविर हुदै आइओवा आइपुगेका  अधिकारी केही वर्ष अधिसम्म आफू स्थापित हुन यो देशमा सङ्घर्ष गर्दै थिए।

IMG_8891“नयाँ तथा पुराना स्थापित गायक र कलाकारसँग काम गर्न पाउदा ज्यादै खुसी छु” प्रसन्न मुद्रामा अधिकारीले  भूटान  समाचारसँगको सम्वादमा बताए।

जम्मा छवटा गीत रहेको उक्त एल्वममा नेपालका प्रख्यात गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्य, बाबु बोगटी  टिका लामिछाने, किरन गजमेर, मिलन अमात्य र संयम मनिसको आवाज़ छ।

१७ वर्षीया किरन गजमेरले सङ्गीत भरेको उक्त एल्वममा नेपाली चर्चित एवं व्यस्त नायिका केकी अधिकारीले अभिनय गरेकी छिन।

“यो  सब एउटा माया हो, जो हरेक जीवमा कुनै न कुनै रूपमा देखिन्छ” मनीषले एल्वमको नामको विषयमा बताए। “सामाजीक कार्यमा र नव कलाकारको उत्थानमा समर्पित हुनेछ हाम्रो एल्वमको रक़म जुन स्थान नपाएका र आर्थिक समस्यले पिछा परेका छन” मनीष  भन्छन |

माया आगामी अक्टोवर २४ का दिन बजारमा आउने छ ।