न्यु ह्याम्सरको म्यानचेस्टरमा तीज

26644
979
  • सी. एम. निरौला, म्यानचेस्टर

पुनर्वासीभूटानी महिलाहरूले न्यु ह्याम्सरको म्यानचेस्टर शहरमाभव्यताका साथ शनिबार अगस्त ३१ मा तीज मनाएका छन । यस राज्यका महिलालेएकै थलो भेला भई संस्कृति झल्काउने संगिनी,तीजका गीत पनि गाएका थिए ।

भूट्निज कम्युनिटी अफ न्यु ह्याम्सरका बोर्डका प्रमुख गुरू सुवेदी, बोर्डका निर्देशक कृष्ण नेपाल, अमेरिकी फोटोग्राफर बेकी फिल्ड, होलि क्रस लर्निङ सेन्टरकी सिस्टर्स ज्याकलिनलगायतको उपस्थितिमा आयोजक समूहकी तिर्था बस्नेतले सभापतित्व ग्रहण गर्नुभएको थियो ।

तीजमा सहभागी भूटानीहरू (तश्विरः सि.एम.निरौला/विएनयस)
तीजमा सहभागी भूटानीहरू (तश्विरः सि.एम.निरौला/विएनयस)

भूट्निज योथ अफ न्यु ह्याम्सरका तर्फबाट सी. एम. निरौलाले तीजको शुभकामना दिनुका साथै समूहबारे जानकारी दिए ।

पञ्चमीपूजा म्यानचेस्टरको सरस्वती मन्दिरमा स्थानीय कंकर्ड, लकोनिया र म्यानचेस्टरका करिब ५ सय महिलाले लगाएका थिए । ”यस्ता कार्यक्रम पहिला पनि भए पनि यसपटक धैरैको सहभागिताले उत्साहजनक भयो,” आयोजक धना नेपालले बताउनुभयो । आयोजककै तर्फबाट विष्णु कोइरालाले सबैलाइधन्यवाद दिनुभयो भने राधिका आचार्यले स्वागत गर्नुभएको थियो ।

नेपाली खानाका परिकारले आकर्षित गरेको थियो भने महिला समूहको नृत्यले कार्यक्रम कै शोभा बढाएको देखिन्थ्यो ।

स्टेट डिपार्टमेन्टको तथ्यांकअनुसार न्यु ह्याम्सरकाकंकर्ड, लकोनिया र म्यानचेस्टरलगायतका स्थानमा २ हजार ७३ र अमेरिकाभर भने ७८ हजार ३ सय ४५ भूटानी पुनर्स्थापित हुनुभएको छ ।