साहित्य सिद्धान्तको पुस्तक प्रकाशित

26644
1446
पुस्तकको अावरण
पुस्तकको अावरण

गत भाद्र २२ गते, शनिवारका दिन झापाको दमकमा एक विशेष कार्यक्रमका बीच “स्वीकारोक्ति” नामक एक विशुद्ध साहित्यिक सिद्धान्त र अभियानमा आधारित पुस्तकको विमोचन सम्पन्न भएको छ।

भूटानी स्रष्टा डेन्जोम साम्पाङ्द्वारा लिखित उक्त पुस्तक विश्व भूटानी साहित्य संघले प्रकाशित गरेको हो। प्रकाशकका अनुसार यस कृतिले भूटानी शरणार्थी विषय वस्तु र साहित्य लेखनमा सबै अस्तित्वहरुको न्यायिक सम्बोधनको आग्रह गर्दछ।

रुवाई मंच नेपालले आयोजनामा गरेको उक्त विमोचन कार्यक्रम कवि उपेन्द्र सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

साम्पाङ् लामो समयदेखि विभिन्न विधामा कलम चलाउँदै अाएका भूटानी लेखक हुन्।