राष्ट्रिय स्वयंसेवक पुरस्कारबाट सम्मानित भए भूटानी

26644
820

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका एक भूटानी, ओम ढुङ्गेल अष्ट्रेलियाको राष्ट्रिय स्वयंसेवक पुरस्कार-२०१२ बाट सम्मानित भएका छन्।

सम्मान ग्रहण गर्दै ढुंगेल। तस्विर/ पदम काफ्ले

प्रत्येक वर्ष अष्ट्रेलियाले सम्मान गर्ने प्रक्रिया अन्तरगत २०१२ सालमा जम्मा १३ जनाले राष्ट्रिय स्वयंसेवक पुरस्कार पाएका छन् । सिड्नीको पेन्रिथमा २६ फेब्रुवरी २०१३ का दिन आयोजित कार्यक्रममा अष्ट्रेलियाका सह अर्थमन्त्री तथा सांसद डेबिड ब्राडबरीद्वारा सम्मानित ढुंगेलको नाम भूटानी समाजले नै सिफारिस गरेको थियो।

भूटानी समाजमा निरन्तर सेवा पुर्‍याएवापत ढुङ्गेललाई सम्मान गरिएको बताइकोछ । सिड्नीमा २००८ सालदेखि ठुलो समूहमा भूटानीहरुको प्रवेश भएबाट नै उनको निरन्तर योगदान गर्दै आएको कुरा भूटानी समाजका एक जना स्वयंसेवकले बताए। उनले थपे, “वहाँकै नेतृत्वमा भूटानी वयोवृद्ध वर्ग, युवा समूह र वालवालिकाका निम्ति छुट्टाछुट्टै प्रशिक्षणका कार्यहरु हुनेगरेका छन्।”

पेशागत रूपमा टेलस्ट्रा कम्पनीका म्यानेजरको कार्यभार समाल्दै आउनु भएका ढुंगेल वर्षौदेखि सामाजिक सहयोग पु¥याउँदै आएको सेवा इन्टरनेशनल संस्थाका चिफ अपरेटिङ अफिसर, सिड्वेस्ट मल्टीकल्चरल सर्भिसेस्मा बोर्ड मेम्बर, एम.टी.सी वर्क सलुसनमा पनि बोर्ड मेम्बर र भूटानी समाज, सिड्नीको सक्रिय सल्लाहकार रहेका छन्।

ढुंगेलले आफू सन् १९९० मा भूटानबाट निस्किएर ५-६ वर्ष नेपालमा विस्थपित जीवन बिताई १५ वर्ष अघि नै अष्ट्रेलिया आएको भए पनि वर्तमानमा आफ्नो समाजको वरिपरि रही सेवा गर्न पाउँदा अति नै खुसी लागेको कुरा सुनाए।

सौजन्य : पदम काफ्ले

26644 COMMENTS