Homeनेपालीसमाचारयुएनएचसिआर डेपुटी हाइ कमिश्नर नेपाल भ्रमणमा

युएनएचसिआर डेपुटी हाइ कमिश्नर नेपाल भ्रमणमा

संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको जेनेभा स्थित मुख्यालयका डेपुटी हाइ कमिश्नर टि. एलेज्यान्डर एलेनकौफ जेष्ठ ३० गने मंगलबार नेपालको चार दिने औपचारिक भ्रमणको सिलसिलामा काठमाण्डौ आइपुगेका छन् । यो उनको नेपालका लागि पहिलो औपचारिक भ्रमण हो ।

डेपुटी हाइ कमिश्नर टि. एलेज्यान्डर

यस भ्रमणमा नेपालका प्रधान मन्त्रि डा. बाबुराम भट्टराई, उपप्रधान तथा गृह मन्त्रि विजयकुमार गच्छदार, उच्च तहका सरकारी अधिकारीहरु, संयुक्त राष्ट्र संघका नेपाल स्थित कार्यालयका प्रमुखहरु, राजदूतहरु तथा संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालयसँग सहकार्य गरिरहेका गैर सरकारी संस्थाका प्रमुखहरु सँग वहाँले भेट गर्ने कार्यक्रय रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको नेपाल कार्यलयले आज जनाएको छ ।

“वहाँले जेष्ठ ३१ गते बुधबार झापा स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर तथा ३२ गते बिहिबार शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरको भ्रमण गरी त्यहाँ रहेका शरणार्थीहरु सँग भेट गर्ने तथा उनीहरुको अद्यावधिक अवस्थाको बारेमा जानकारी लिने कार्यक्रम रहेको छ । वहाँले शरणार्थीहरुको लागि सञ्चालन गरिएका कार्यक्रमहरुको अवलोकन गर्ने तथा पुनर्वास कार्यक्रमको बारेमा जानकारी लिने कार्यक्रमपनि रहेको छ ।”

असार १ गने शुक्रबार उनले काठमाण्डौमा पत्रकार सम्मेलनसमेत गर्ने कुरा थाहाँ भएको छ ।

भुटानी शरणार्थी पुनर्वासको बृहत कार्यक्रम जारी छ । जस अन्तर्गत ६५,००० भन्दा बढि भुटानी शरणार्थीहरु लाई शिविरबाट तश्रो मुलुक स्थान्तरण गरिसकिएको छ । हाल ४८,६०० शरणार्थीहरु शिविरमा रहेकाछन् । पुनर्वास शुरु हुनु अघि यो संख्या १,०८,००० थियो । शिविरमा रहेका ४८,६०० शरणार्थीहरु मध्ये ३८,००० ले तेश्रो मुलुक पुनर्वासको निम्ति आफ्नो इच्छा जाहेर गरिसकेका छन् ।