-
राजेश कोइराला
We recently launched so if you see any technical glitches please email us at: [email protected]
We recently launched so if you see any technical glitches please email us at: [email protected]
अमेरिकाको कन्सासमा गत जुलाई २ को सडक दुर्घटनामा उर्मिला शर्माको निधन भयो। ‘एक कान दुई कान मैदान’ भएर फैलिने खबरलाई सामाजिक सञ्जालले सबै नेपाली–भाषीसामु पुर्याए। अमेरिकाका नेपाली र नेपाली–भाषी भुटानीले आफ्नै शैलीमा फेसबुक, टि्वटरमा खबर राखे। घटनाको क्षणभरमा नेपालीले उनलाई नेपाली ठाने र नेपाली–भाषी भुटानीले भुटानी। उर्मिला नेपाली–भाषी भुटानी हुन्। यो नठम्याउन्जेल उनी नेपाली पनि भइन् र नेपाली–भाषी भुटानी भइन्। तथापि उनलाई चिन्ने भुटानीहरुले ‘हाम्रै चेली’ हुन् भन्ने निर्क्योल निकालिसकेका थिए। उनलाई विभिन्न सञ्चारमाध्यमले नेपाली भनेर पनि लेखिदिए। यो घटना समेटेर स्तम्भ लेख्ने क्रममा ‘नेपाली, नेपाली…’ भनी दोहोर्याइएको कसलाई हो? भन्ने स्वयं स्तम्भकारले महसुस गरिरहेको छ। अमेरिकामा नेपाली नेपालबाट आएकालाई र नेपाली–भाषी भुटानीलाई भुटानी भनिन्छ। हामी मूलतः दुई थरीका नेपाली भयौं, यहाँ।
मैले राजेश कोइरालाको लेख सरसर्ती हेर्ने मौका पाएँ र पढ्दा खुसि लाग्यो कि कम्तिमा एक जना नेपालीले निकै उद्धार भएर सोचेका रहेछन । हो, उन्ले भनेजस्तै आफु पनि भुटानी-नेपाली भएका नाताले केहि लेख्न मन लग्यो। लेखमा भनिए जस्तो एउटै भाषा, संस्कृति र परम्परा भएका नेपाली र नेपाली भाषी भुटानी बिचको सीमारेखा कोर्ने काम वस्तावमा हामी भुटानीले नभई नेपालीहरुबाट नै भएको हो। जनस्तरमा नेपालीहरुले भुटानीहरुलाई हेर्ने दृष्टिकोण अत्यन्तै निच एवं संकुचित छ मानौ कि हामी भुटानीहरु उनीहरुको नजरमा मान्छे नै होइनौ। भुटानी शासकको बर्बरतालाई सहन नसकेर बाध्यतावस नेपालमा शरण लई शरणार्थी जस्तो कष्टकर जीवन बिताउदा नेपालीहरुबाट सहानुभतिको साटो खान नपाएका भोटाङ्गे, फोहोरी , बगाड़े ,पाखे आदि शब्दले प्रहार गरिएको कुरा हाम्रा स्मरणमा आज सम्म ताजै छन्। जबकी हामी खान नपाएका, अग्निपीडित अथवा बाडीपिडित भएर आर्थिक शरणार्थी नभई भुटानी तानाशाहद्दवारा सिर्जित राजनैतिक कारणबाट शरणार्थी भएको कुरा सबैलाई थाहा भएकै हो। ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ भने झैं हामी राजनीतिले पिसोल्टीएका भुटानीहरुले नेपालीहरुबाट सहारा पाउनुको साटो तुच्छ वचन र घृणित व्यबहार भन्दा अरु केहि पाएनौ। बेसहारा भएका मानिसलाई सहारा दिनु त कहाँ हो कहाँ उनीहरुबाट आफ्नो स्वार्थपूर्ति गर्नपनि पछिपरेनन्, यहाँ सम्म कि भुटानीहरुको घरको चिनी नेपालीहरुको गाईको गोबरसंग तुलना हुन्थियो र चिनीसंग गोबर साट्नु पर्ने बाध्यता थियो। येसो भनिरहदा नेपाली सरकारले उद्धरताकासाथ शरण दिएको कुरा हामीले भुलेका छैनौ जसप्रति हामी सदैव ऋणी छौं।
शरणार्थी पुनर्वास पछि लागेको थियो यो असमानताको खाडल पुरिनेछ र नेपाली र नेपाली भाषी भुटानीको साटो सबै प्रवासी नेपाली, नेपाली भाषी अमेरिकी, नेपाली भाषी केनेडी आदिको पहिचान बन्नेछ तर त्यस्तो हुन नसकिरहेको महसुस हुन्छ किन कि अझै पनि हामीबीच कोरिएको सिमाना नामेट हुन सकेको छैन र भुटानीहरु प्रति नेपालीहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन। यतिबेला नेपालीहरु आफुहरुलाई अत्यन्तै पढेलेखेको र नेपालमा हुदा आफु सम्भ्रान्त परिवारमा रहेको अनि भुटानीहरु चै हुण्डीमुंडीमा आएका आशिक्षित एवं पाखेको रुपमा सम्झनछन। अब त नेपाली सब्दकोशमा भुटानीहरुलाई सम्बोधन गर्ने “भोटाङ्गे” शब्दको नै आविष्कार भैसकेको छ जून शब्द भुटानीहरुलाई पटक्कै कर्णप्रिय लाग्दैन। एक नेपाली मित्रले पहिलो भेटमै मलाई यतिसम्म नजरअन्दाज गर्न भ्याए कि अमेरिकाको स्थायी बसोबासका लागि आवश्यक कागज जुटाउनका निमित्त पैसा खुवाएर नक्कली विवाह गर्न एउटी भुटानी केटी खोजिदिनु रे । के भूटानी चेलीहरु पैसामा बिक्ने गुडिया हुन्?
राजेश कोइरालाले उठाएको एउटै नगरमा दुई थरी भानु जयन्ती, दशैं, तिहार आदि कार्यक्रम भन्ने प्रशंग सहि छ र हो वास्तवमा यस्तो नहुनुपर्थ्यो भन्ने लाग्छ। तर अपवाद वाहेक प्रायजसो नेपालीहरु भूटानीहरुको कार्यक्रममा सामेल हुँदा सायद आफ्नो इज्जत घट्ने महसुस गर्ने भएर होला उपस्थित हुन चाहदैनन् र उनीहरुको कार्यक्रममा पनि भूटानीहरुलाई सामेल गराउदा कार्यक्रमको शोभा घट्छ भन्ने डरले होकी किन हो बोलाउदैनन् ।
त्यसैले अन्तमा यदि यी सबै असमानता, घ्रिडा र द्वेषको पर्खाललाइ तोड्दै सबै संगै अघि बढ्ने हो भने नेपाली र नेपाली भाषी भूटानी नभई प्रवासी नेपाली बन्न सक्छौ जस्ले हामी सम्पूर्ण नेपाली भाषीहरुको हित गर्न सक्छ।